• Sanu Raj Dangol

    • ३ चैत्र २०७८, बिहीबार १८:४८

    टोखा मसानकाली इन्द्रायणी मन्दिर परिसर पाटी निर्माणको नगरप्रमुख अधिकारीद्वारा शिलान्यास सम्पन्न

    टाेखालाइभ डट कम/चैत ३,२०७८

    काठमाडौं /टोखा नगरपालिका वडा नं ३ मा रहेको प्राचीन श्री
    मसानकाली इन्द्रायणी मन्दिर परिसरमा पाटी निर्माणको लागि
    आज होलि पुर्णिामाको अवसरमा प्रमुख अतिथी टोखा नगरप्रमुख प्रकाश अधिकारी,बिशिस्ट अतिथि नगर उपप्रमुख ज्ञानमाया डंगोल र मन्दिरका पुजारीद्वारा सयुक्त रूपमा शिलान्यास सम्पन्न गर्नुभएको छ। टोखा नगरपालिकाको बिशेष पहलमा टाेखा नगरपालिकाले यस आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि श्री इन्द्रायणी मन्दिर परिसरमा पाटी निर्माणको श्री मसानकाली भुटखेल टाेल विकास संस्थाले निर्माण सुरु गर्न लागेको हो।

    सिलान्यास कार्यक्रममा श्री पिगं द्यः दापा खलः परिवार (सहलुबी)द्वारा बासुरिको मंगलधुन बजाई शोभा बढाइदिनु भएको थियो ।

    कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टाेखा नगरपालिकाको समग्र क्षेत्रको विकास र समृद्धिका लागि नगरपालिकाले कार्य गरिहेको बताउदै मसानकाली इन्द्रायणी मन्दिर परिसरमा पाटी निर्माणले टाेखा नगरवासी सांस्कृतिक खल पुचलाई उक्त पाटी निर्माणले सांस्कृतिक क्रियाकलापहरु निरन्तर नगरवासीको पहुचमा ल्याउन महत्वपूर्ण सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो।

    कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले नगरबासीहरुको माग र चाहना बमोजिम नगरपालिकाले टाेखा नगरपालिकाको सांस्कृतिक सम्पदाहरुलाई जगेर्ना गर्न यहाँको कला सस्कृति भेषभुषा, भाषा रितिरिवाजलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउदै मसानकाली इन्द्रायणी मन्दिर परिसरमा पाटी निर्माणले टाेखा नगर वासी लगायत सांस्कृतिक खल: पुचहरुलाई सभा, सम्मेलन भोज,भजन किर्तन र स्टोर गर्न
    सरल, सहज र प्रभावकारी रुपले सुविधा उपलब्ध हुने बिश्वास ब्यक्त गर्नुभयो ।

    मसानकाली इन्द्रायणी मन्दिर परिसरमा पाटी निर्माणले
    मन्दिर आगन फराकिलो हुनको साथै हाल अव्यवस्थित साघुरो ठाँउलाई पाटी निर्माण पछि केहि हदसम्म मन्दीरमा आउनु हुने
    नगरवासी, श्रद्धालु भक्तजनहरुहरु लगायत खलपुचलाई
    सहजिकरण हुने श्री मसानकाली भुटखेल टाेल विकास संस्था
    अध्यक्ष सुकु नारायण डंगोलले बताउनुभयो ।

    मसानकाली इन्द्रायणी मन्दिर परिसरमा पाटी निर्माणको
    लागि उपभोक्ता समितिमा श्री मसानकाली भुटखेल टाेल विकास संस्थाले टोखा नगरपालिकामा सम्झौता गरी, ढल निकास तथा विविध पूर्वाधारहरुलाई मध्यनजर गरि ढुङ्गा र रडहरु बिछ्याइ पक्की पाटी निर्माण कार्य सम्पन्न गर्न लागेको हो।

    टोखा नगरपालिकाको बजेट सहयोगमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको सम्झौता रकम रु.२२,१३६८२.५६ रहेको र उक्त पाटी कलात्मक हुनेछ।

    साथै उक्त पाटीमा टाेखा नगरपालिकाको रु.२०,००००० ( बीस लाख) र स्थानिय जनश्रमदानबाट रु. २,१३६८२.५६ (दुई लाख १३ हजार छ सय बयासी छ्पन्न पैसा) बराबरको सहयोगमा मसानकाली इन्द्रायणी मन्दिर परिसर पाटी निर्माण
    सम्पन्न हुने छ।

    ईन्जिनियर पुजासिंह शाही र सह – इन्जिनियर शान्ता काजी श्रेष्ठ रहेको उक्त पाटीको ठेक्काको सम्झौता मिति २०७८/१०/२८ रहेको थियो भने २०७९/०१/२८गते सम्पन्न गरिसक्नु पर्ने भए पनि पाटी निर्माण कार्यको समय अगावै सम्पन्न गर्ने लक्ष्य लिएको छ।

    कार्यक्रममा श्री पिगं द्यः दापा खलः परिवार (सहलुबी), द्यः खलः परिवार,इन्द्रायणी दापा खल,श्री मसानकाली भुतखेल टोल बिकास संस्था, इन्दायणी सामुदायिक बन समुहका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै