टाेखालाइभ डट कम/चैत्र १ ,२०७८
टोखा नगरपालिकामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुभारम्भ भएको छ । टोखा नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख अधिकारीले आफ्नो स्वास्थ्य बीमा पनि दर्ता गराउनुभएको थियो । अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममा सबै नगरबासीहरुलाई सहभागी हुन आग्रहका साथ सम्बोधनका क्रममा नगर प्रमुख अधिकारीले नगरबासीहरुलाई सर्बसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको बताउनु भएको छ ।

सो अवसरमा नगर प्रमुख अधिकारीले स्वास्थ्य बीमामा आबद्ध भई लाभ लिनुहुन सबै नगरबासीहरुलाई अपिल पनि गर्नुभएको थियो । नगरपालिकाले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको नगर प्रमुख अधिकारीले बताउनुभएको छ ।

स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुभारम्भ कार्यक्रममा नगर उप–प्रमुख ज्ञानमाया डंगोलले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको बताउनु भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै टाेखा नगरबासीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठक, ११ वटै वडाका वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु, प्रशासकीय अधिकृत अनिल प्रसाद जोशी लगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरु र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

