नविना श्रेष्ठ
टाेखालाइभ डट कम/चैत १,२०७८
काठमाडौं /नेपाल स्काउट वागमती प्रदेश स्थानीय स्काउट कीर्तिपुर नगरपालिकाकाे आयाेजनामा गरेकाे पि.टि.सि र वि.टि.सि आधारभूत स्काउट तालिम सम्पन्न भएकाे छ।

५ रात ६ दिनकाे तालिमकाे उद्वघाटन समाराेहमा वागमती प्रदेशका माननीय सभासद नेपाल स्काउटका स्काउटर दिपक निराैला ,कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश मर्हजन,नगर उप प्रमुख ,वडा नं ४ का अध्यक्ष निरबाराहि गंणका प्रमुख ,डि.ए.पि सहित पुष्प लाल प्रतिष्ठान कार्यलयका सचिव, वागमती प्रदेश संयाेजक ,कीर्तिपुर नगर संयाेजक लगायतको उपस्थित रहेकाे थियाे। भने स्काउट तालिम अवधिभरिमा वागमती प्रदेश सांसद बेलिमाया घले उपस्थित भई स्काउट तालिममा सहभागीहरुलाई शुभकामना दिइएका थिए।

५ रात ६ दिनकाे स्काउट तालिममा पहिलाे, दाेसाे दिनसम्म धेरै गाह्राे भएकाेले तालिम छाेडेर जानलाकाे थिए।तर तेस्रो दिनबाट अाफुलाइ सहज भएकाे र हाम्रो जिवनमा स्काउट शिक्षा अति आवश्यक रहेकाे महशुस भएकाे सहभागि अन्जु संगाेलाले वताए। त्यसैगरी अर्का सहभागी अाफुलाइ स्काउट मन पर्ने तर गाउँ घरमा स्काउट शिक्षा नभयर स्काउटमा जाेड्न नसकेकाे वताए। ढिला भएपनि काठमाण्डाैमा आएपछि स्काउट तालिममा सहभागि हुन पाएकाेमा खुसि व्यक्त गरे।

प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय संयाेजक लाेक बहादुर भण्डारीले समाननिय मन्त्री केपी शर्मा ओलीले १३०००|- तेह्र हजार स्काउट पुर्याउने र सामुदायक विद्यालयमा स्काउट पुयाउने उदेश्य रहेको ओलीले बताएका कुरा प्रस्तुत गरेका थिए। स्काउट शिक्षाले एक व्यक्तिलाइ असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकाेले स्काउट आधारभूत तालिम आवश्यक रहेकाे वताए।

विधालयकाे ५,६ कक्षामा पनि स्काउटकाे अध्ययन गर्नु पर्ने छ। त्याे शिक्षालाई जीवनमा अनिवार्य गरेकाे जानकारी दिनुभयाे। आधारभूत स्काउट तालिम शिक्षाकाे आवश्यकता भएकाे बुझेर नै कीर्तिपुर नगरपालिकाले तालिमकाे आयाेजना गरेकाे हुनुपर्ने प्रतिबद्वता जनाए। कार्यक्रममा उपस्थित सम्पूर्णलाइ नगर शिक्षा शाखा प्रमुख टंक लाल गैरेले स्वागत मन्तब्य राखेका थिए त्यस्तै कार्यक्रम संचालन नविना श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका स्काउट संयाेजक सभाध्यक्ष निस्ता मर्हजनले उपस्थित सम्पूर्णलाई समय व्यस्तताकाे बाबजुत निमन्त्रणालाई स्वकारी आएका प्रमुख अतिथि,अतिथि तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयाेग गरेका सहयाेगीहरुलाइ धन्यवाद व्यक्त गरेका थियाे।

वि.टि.सि र पि.टि.सि कार्यक्रम समापनमा प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय संयाेजक लाेक बहादुर भण्डारी , गल्स काेर्षका काेर्ष लिडर लिला श्रेष्ठ ,ब्यइज काेर्षका काेर्ष लिडर शिव कुमार त्वायना ,बागमती प्रदेशका संयाेजक केश रत्न बजार्चाय,बागमती प्रदेश सदस्य अन्तरास्ट्रिय तालिम केन्द्र ककनीका संयाेजक शिव राम अर्याल ,प्रदेश सदस्य विजेश्वरी अत्माय,शरण महर्जन,कीर्तिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख टंक लाल गैरे, प्रशिक्षकहरुमा सुशिला कुमारी विष्ठ,साेहन रंजित, नरेश अवाले,काउन्सिलरमा अस्मिता श्रेष्ठ ,नविना श्रेष्ठ ,दिपा श्रेष्ठ , सागर भुजेल,रेशम तामाङ लगायत सर्भिस टिमको उपस्थित रहेकाे थियोे ।

