• Sanu Raj Dangol

    • २८ फाल्गुन २०७८, शनिबार ०८:२१

    श्री इन्द्रायणी दापा खल:टाेखाको ४ दिने धार्मिक यात्रा सम्पन्न

    टाेखालाइभ डट कम/फागुन २८,२०७८

    श्री इन्द्रायणी दापा खल:टाेखाको ४ दिने धार्मिक यात्रा सम्पन्न भएको छ। श्री इन्द्रायणी दापा खल:टाेखाद्वारा आयोजना गरिएको ४ दिने धार्मिक तिर्थस्थल यात्रा फागुन २२ गते देखि सुरु भै यात्रा २६ गते सम्पन्न गरेको हो।

    पर्यटनसँग धार्मिक स्थल जोड्ने उद्देश्यका साथ धार्मिक स्थलको प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको श्री इन्द्रायणी दापा खलले यस अघि नेपालका विभिन्न स्थलको प्रवद्र्धनात्मक भ्रमण थालिसकेको छ।नेपालका विभिन्न महत्त्वपूर्णधार्मिक स्थलको प्रवद्र्धनात्मक भ्रमण लगायतका कार्यक्रम थालेको खलले यस वर्ष काभ्रेपलान्चोक भगवती मन्दिर,दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिर, खोटाङ जिल्ला हलेसी महादेव ,दोलखा भिमेश्वरको मन्दिर,नेपालको इतिहास निर्माणमा महत्त्वपूर्ण अस्तित्व बोकेको सिन्धुलीगढी दरवार र संग्रहालय अवलोकन र महत्त्वपूर्ण धार्मिकस्थल धुलिखेलमा अवस्थित चैत्य नमोबुद्ध लगायतका स्थलमा प्रबर्द्धनात्मक भ्रमण गरेको हो।

    धार्मिक एवम् ऐतिहासिक स्थलले पर्यटकीय रुपमा अत्यन्त महत्व राख्ने भएकोले आन्तरिक तिर्थस्थलहरुको प्रबर्द्धनात्मक भ्रमणले स्वदेशी धार्मिक स्थलहरुको पहिचान हुने आयोजकले बताएको छ।

    खलको आयोजनामा सम्पन्न भएको ४ दिने
    धार्मिक यात्रा भ्रमणमा खलका जेष्ठ नागरिक , व्यवसायी,घरेलु उद्दमी महिला, सञ्चारकर्मी लगायत ३५ जनाको सहभागिता रहेको थियो ।

    कालिन्चोक भगवती मन्दिर नेपालकै शक्तिपीठहरु मध्ये एक हुन् । दोलखा जिल्ला सदरमुकाम चरिकोटबाट करिब १७ किमि उत्तरमा पर्ने ३८४२ मिटरको पहाडको टाकुरामा यो मन्दिर रहेको छ।

    बाग्मती प्रदेश दोलखा जिल्ला कालिन्चोक गाउँपालिकामा अबस्थित कालिन्चोक भगवती मन्दिर नेपालकै प्रसिद्द शक्तिपीठ हो।

    कालिन्चोक भगवती मन्दिरमा बिशेष गरि बडा दशैँ ,चैते दशैं ,जनै पुर्णिमा,नया वर्षा र कार्तिक पुर्णिमा आदि पर्ब हरुमा बिसेष पूजा हुने र देश-विदेश बाट लाखौ भक्तजन आउने गर्दछन। हालसालै भक्तजनको सुबिधाको लागि कुरी देखि मन्दिर नजिकै सम्म केबुलकार को समेत ब्यबस्था गरिएको र कुरी उपत्यकामा ठुला-ठुला होटेल संचालनले अझै भक्तजनलाई आकर्षित गर्ने गरिएको छ।

    गौरी शंकर हिमाल तथा रोल्वालिंग हिमश्रृंखला लाई नजिकै बाट नियाल्न सकिने यस टाकुरामामा एक शिलाद्वारा निर्मित जल कुण्ड छ जसमा माता दुर्गाको एक शक्ति विराजमान हुनुहुन्छ। यस ढुंगाको जल कुण्डमा रहेको जल नै दोलखा भिमेश्वरको मन्दिरको निर्मल कुण्डमा पुग्ने जन बिश्वाश छ।

     

    आयोजक श्री इन्द्रायणी दापा खल:टाेखाले पर्यटन सम्बद्ध संघ संस्थासँगको सहकार्यमा यस्ता कार्यलाई प्राथमिकताका साथ अझ अघि बढाउन पाए यस्ता प्रबद्र्धनात्मक कार्यक्रमका माध्यमबाट पर्यटकीय स्थलहरूले पर्यटन बजारमा स्थान पाउने बताए।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै