• TOKHA LIVE

    • २३ फाल्गुन २०७८, सोमबार २०:०४

    नेपाली काँग्रेस टोखा २ वडा कार्य समितिको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/फागुन २३,२०७८

    काठमाडौं /टोखा नगरपालिका वडा २ का नेपाली काँग्रेसका कार्य समितिको आयोजनामा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार टोखा स्थित बि.एल.
    भ्वोछेँमा सम्पन्न भएको छ । टाेखा नगरपालिका वडा नं २ कार्य समितिले गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत रहनुभएको थियो ।

    राष्ट्रियता,प्रजातन्त्र र समाजवादकाे मूल नाराका साथ २००३ सालमा स्थापना भई देश र जनताका लागि सदैव अहाेत्र खतिई राजनेताकाे उपाधि पाउनुभएकाे पूर्व सभासद एंव कानुनमन्त्री नरहरि आचार्य बिशेष अतिथिमा उपस्थित हुनुहुन्थ्यो ।


    प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली काँग्रेस भाषण मात्र गर्ने पार्टी नभै काम गरेर देखाउने पार्टी भएको भन्दै कम्यूनिष्ट पार्टीहरु कुरामा मात्र राष्ट्रबाद गर्ने तर व्यवहारमा लम्पसारबादी चरित्रको भएको आरोप समेत लगाए।

    अब बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले घर-घर जाऔँ काँग्रेस जिताऔँ भने अभियान फागुन २७ गतेदेखि शुरु हुने अभियान आगामी निर्वाचनलाई केन्द्रीत भएर अगाडि बढ्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो । महतले पार्टीले तोकेका सबै कामहरु गर्न र स्थानीय तहको निवार्चनमा लाग्न सबैलाई आग्रह गर्दै महतले एमसीसी देशको सडक र विधुत प्रसारणलाइन निर्माणको लागि आएको अनुदान भएको भन्दै यसले देशको विकासमा महत्वपुर्ण योग्दान पुर्‍याउने बताएका थिए । उहाँले बाहिर नकरात्मक भ्रम फैलाइरहेको भन्दै यो नेपालको कानुन भन्दा माथि नरहेको समेत बताए ।

     

    टोखा नगरपालिका २ वडा कार्यसमितिका सभापति हेराकाजी महर्जन डंगोलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोल समितिका संयोजकहरुलाई बधाई तथा शुभकामना पत्र प्रदान गरेका थिए ।

    हाल टोखा २ वडामा टाेल कमिति यलाग, थलाग, तोथिलाग, तलेजु ,क्वाखल, इको, चण्डेश्वरी, सपनातीर्थ, भिल्ली, कपिण्डोल र वटुवलि उराङ्ग, तुतिगले ,ईकुलाग, टोल समिति गरी १० वटा टोल समिती गठन गरि सकेका छन् । नेपाली कांग्रेस पार्टीमा अब ब्यक्तित्व हाेइन नेतत्व विकास, अवसर पद मात्र हाेइन प्रवृत्ति बिकास सता हाेइन संस्कार विकास प्रतिशाेध हाेइन प्रतिस्पर्धा र भावनाकाे विकास हुनु पर्ने बताए।

    शनिवार सम्पन्न प्रशिक्षण कार्यक्रममा विशेष अतिथि क्षेत्र नं ५ का पूर्व सांसद तथा कानुन मन्त्री नरहरी आचार्य, क्षेत्रीय सभापति श्याम बहादुर खड्का, प्रदेश क/ख सभापति राजु खड्का, काठमाडौँ जिल्ला उपसभापति गोकर्ण केसि, टोखा नगर सभापति ओम कृष्ण विमली, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु, जिल्ला सदस्य युथ मर्हजन, क्षेत्रीय सदस्यहरू ,प्रदेश,नगर,वडा सभापतिहरु लगायत थुप्रै नेता तथा कार्यकर्ताहरूकाे बृहत उपस्थिति रहेको थियाे।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै