• TOKHA LIVE

    • २३ फाल्गुन २०७८, सोमबार ०४:३९

    बूढानीलकण्ठ नगरपालिकामा उमा कुङ्फु हुने

    टोखा लाइभ ।२०७८ फागुन २२ गते।

    काठमाडौं। नेपाल उमा कुङफु संघको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्तरीय उमा कुङफु प्रतियोगिता २८ फागुनमा हुने भएको छ। प्रतियोगितामा करिब १५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी दिए । पुरुष-महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन्।

    प्रतियोगिताका खेलहरू बूढानीलकण्ठको कपनमा हुने छ । अध्यक्ष लामा, आयोजक संघका पूर्वअध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगर, आयोजक संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईलगायतको टोलीले प्रतियोगिता सञ्चालन गर्ने छन्। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब सात लाख रुपैयाँ लाग्ने छ।

    प्रतियोगितालाई लक्षित गरी संघको आयोजनामा रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सहभागीलाई अध्यक्ष लामाले सैद्धान्तिक तथा पूर्वअध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक मगरले प्रयोगात्मक ज्ञानबारे जानकारी गराएका थिए।

    एकदिने सेमिनारमा १७ जना सहभागी थिए। सहभागीलाई अध्यक्ष लामा, पूर्व अध्यक्ष मगर, प्रथम उपाध्यक्ष सन्जीत, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जनलगायतले प्रमाण पत्र वितरण गरेका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै