• TOKHA LIVE

    • १८ फाल्गुन २०७८, बुधबार ०८:१३

    महाशिवरात्रीमा पशुपतिमा दर्शनार्थीहरूको भीड नियन्त्रण गर्न नेपाल स्काउट खटियो

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/फागुन १८,२०७८

    महाशिवरात्रिको दिनमा पशुपतिनाथमा दर्शन गर्न आउने भक्तजनहरुलाई सजिलोसँग दर्शन गर्न सकोस् भनेर नेपाल स्काउट एक रात दुई दिनको क्याम्प बसि अहोरात्र खटिएका छन् ।

     

    ६०० सय भन्दा बढी रोभर रेन्जरहरु तथा रेञ्जर लिडर,रोभर लिडरहरु स्काउटरहरु सेवामा खटिएको छ। बिहानको १ बजे देखि शिवरात्रीको दिन मंगलबार साँझ ६ बजेसम्म पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुको घुँइचो भिड नियन्त्रण गर्न नेपाल स्काउट, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत अन्य विभिन्न संघसंस्थाहरुको खटिएको थियो।

    शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित रहेको पाइन्छ।

    शिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको हो। भने यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले शिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको हो।

    यसवर्षको शिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिएको छ । पशुपात क्षेत्र वरपर झिलीमिली बनाइएको थियो। नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै