नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन १५,२०७८
टोखा नगरपालिका वडा नं २ को टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले शुक्रवार पदभार ग्रहण गरेका थिए।
स्वास्थ्य मन्त्रालय वागमती प्रदेशबाट अस्पतालको अध्यक्ष पदमा नियुक्त भएका युथ महर्जनले शुक्रवार अस्पतालको आयोजित एक कार्यक्रम समारोहमा पदभार ग्रहण गरेका छन्।

स्वास्थ्य मन्त्रालय वागमती प्रदेशबाट युथ महर्जनलाई अध्यक्षमा मनोनयन गरिएको उक्त पत्रमा स्वास्थ्य मन्त्रालमा मन्त्रीस्तरको मिति २०७८/११/९ को निर्णय अनुसार प्रदेश भित्रका अस्पताल संचालन र व्यवस्थापन ( पहिलो संसाेधन २०७८ समेत ) आदेश , २०७५” को दफा ५ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्य सम्पादन गर्न दफा ३ उपदफा (३) बमोजिमको पदावधि कायम हुने गरि दफा ३ उपदफा( २) को खण्ड (क) बमोजिम श्री टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको संचालन र व्यवस्थापन समितिको अध्यक्षमा मनोनीत गरिएको उल्लेख छ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपकराज जोशी, वडा सदस्य पञ्चकुमारी श्रेष्ठ प्रेमकृष्ण खड्गी, टोखा वडा नं ३का वडासदस्य हरिमान श्रेष्ठ, नेकपा माओवादी केन्द्र टोखा नगर २ कमिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्व गाविस अध्यक्ष कसिनारायण श्रेष्ठ, नेकपा एसका जिल्ला सदस्य तथा टोखा नगर कमिटी सचिव माईला श्रेष्ठ, अस्पतालका कर्मचारी प्रशासन लगायतको उपस्थिति रहेको थियो ।

