टोखा लाइभ ।२०७८ फाल्गुन १५ गते ।
टोखा नगरपालिका वडा नं २ को भित्ताको रूप फेरिएको छ। देवनागरी लिपि र संस्कृति झल्किने गरी भित्तामा विभिन्न रङले पोतिएका छन्। सन्देश पनि पोखिएका छन्। भित्तामा विभिन्न आकृतिका चित्रमा देखिन्छ। भित्तामा विभिन्न आकृतिक चित्र कोरेका छन्, कलाकारहरू सरोज डंगोल ,क्रिस्टिना डंगोल र सुजन श्रेष्ठ । जहाँ नेपाल भाषा क्लब र ग्वाहाली पुच: को नेतृत्वको समूहले भित्तामा विभिन्न चित्रहरू कोरेको थियो ।

“ नेपाल भाषा का लिपि, लिपि मात्रै होइन यो त नेपाललाई संयुक्त राष्ट्र संघमा नेपाललाई पहिचान दिलाउने सहित सुरूवात भएको थियो।यसमा थुप्रै कुराहरू लुकेका छन् । यसले मानिसलाई धेरै कुरा सिकाउँछ। अहिले यो लिपि जोखिम मा परेको छ । यसलाई संरक्षण गर्नु पर्छ भने सोच बोकेर हामी लागेको थियौं। अहिले सबै जना कलाकारहरू आ–आफ्नो काममा व्यस्त हुनुहुन्छ। तर यो अभियान पुरा नहुन्जेल निरन्तर लागि रहने छु । “ दीपेन्द्र डंगोल ले शिक्षा संस्कृति र भाषा संरक्षण मा आयोजित लायन्स क्लब अफ काठमांडौं पूर्ण तारा द्दारा सहयोग गरिएको २५ हज़ार नगद हस्तांतरण कार्यक्रममा सुनाए।

टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशी का अनुसार भित्तामा हरेक नेवार संस्कृति को भोगाई र संकटमा परेको रन्जना लिपिले व्यक्त गर्न नसकेको कुरालाई देखाइएको छ’, । हुन् त यो भित्तामा डंगोलहरूको संस्कृति लाई झल्काएको छ भनेर केही व्यक्तिहरूले आलोचना गरे पनि म यो कुरा म मान्दिन। ।भन्छन् ‘प्रत्येक चित्रका संस्कृति बोक्ने अर्थहरु छन्। ती अर्थमा बेग्ला–बेग्लै रङबाट चित्र बनेको छ।’ उनले भने।

लायन्स क्लब अफ काठमाण्डौ पुर्ण ताराकी अर्चना सिंह सिजापति भन्छिन- “ अहिले कोभिड– १९ का कारण पृथ्वीमा मानव जातिलाई जटिल संकटले घेरेको छ। यो अवस्था भित्ताहरूमा रहेका चित्रले आम मानिसलाई थप उत्साह जगाउने खालका चित्रहरु भित्तामा बनेका छन्।मानिसले आफ्नो व्यवहार परिवर्तन गर्न र संस्कृति संरक्षण गर्न सन्देश यी चित्रले स्पष्ट गरेको उनी सनाउँछिन। “ समाजमा भएका सबै मानिस चेतनशील हुनु पर्छ भन्ने मान्यता राख्छिन , सिजापति ।

प्रीतम श्रेष्ठ ले सन्चालन गरेको सो कार्यक्रम मा श्री कृष्ण मानन्धर, सत्यनारायण डंगोल टोखा की स्थानीय कलाकार लगायत अन्य लायन्स क्लबका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

