जय न्यौपाने
टाेखालाइभ डट कम/फागुन ११,२०७८
नेकपा एमाले टाेखा नगरपालिका वडा ७ अन्तर्गत टिलिङ्गटार टाेल कमिटि गठन तथा भेला कार्यक्रम सम्पन्न भएको छ।
टिलिङ्गटार टाेल कमिटिको भेलाले नेकपा एमाले टाेखा नगरपालिका वडा ७ अध्यक्ष शिव कुमार केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा टाेखा नगरपालिका वडा ७ का वडाध्यक्ष तथा नेकपा एमाले टाेखा नगर कमिटीका उपाध्यक्ष नरोत्तम रानाको
प्रमुख आतिथ्यतामा चलेकाे कार्यक्रममा उनले यहाँ भएको पार्टीका समस्या तथा संगठनको सुदृढकालागि सधै निरन्तर खटिरहन जानकारि गराउदै उनले टाेखा नगरपालिकामा जननिर्वाचित भएर आएकाे समयदेखि हाल सम्म जनताकै काममा लागिरहेको र निरन्तर अझै खटिरहने बताउनुभयो , यसैक्रममा विशेष अतिथिमा राष्ट्रिय युवासंघ नेपाल सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस टाेल कमिटि गठन हुने निर्णय संगै नेकपा एमाले टाेखा नगरपालिका वडा न ७को टिलिङ्गटार टाेल कमिटि क. मञ्जु थापा अध्यक्षतामा १३ सदस्यी टाेल कमिटि समेत गठन गरिएको छ ।नवगठित टाेल कमिटिको उपाध्यक्षमा बिमला पोखरेल ,सचिवमा कृष्णहरि बुढाथोकी , बिष्णु रानाभाट,शिव थापामगर , सह-सचीवद्वय अनिता थापा, नविना सुब्बा सदस्यहरुमा पुनम शाही ,शिवहरी बुढाथोकी ,सुशीला तामाङ , उपेन्द्र थापामगर र मिनु गिरि सहित १३ सदस्यी टाेल कमिटि गठन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले टाेखा नगर कमिटीका उपाध्यक्ष नरोत्तम रानाले नव गठित एबम सम्पुर्ण पदाधिकारी कमरेडहरुलाई बधाई एबम सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा टाेखा नगरपालिका वडा ७ का वडाध्यक्ष नरोत्तम राना,टाेखा नगरपालिका वडा ७ का वडासदस्य गोपि पाठक ,अनिता कुँवर,शिव कुमार केसी लगायतको उपस्थिति रहेको थियो ।

