नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन १०,२०७८
नेवा:देय् दबु टोखा नगर समितिको अध्यक्षमा हेराकाजी डंगोललाई सर्वसम्मत चयन गरेको छ।डंगोललाई नेवाः देय् दबुमा सोमबार टोखा सांस्कृतिक क्षेत्र बिकास समितिको कार्यालयमा बसेको भेलाले अध्यक्षमा चयन गरिएको हो।
नेवाःदेय् दबु टोखा नगर समितिका अध्यक्ष माईला डंगोलको सभाध्यक्षतामा भएको उक्त भेलाबाट वरिष्ठ उपाध्यक्षमा मदनलाल श्रेष्ठ, उपाध्यक्षमा महेश्वरी डंगोल र सिद्धिलाल महर्जन चयन भएको थियो। त्यस्तै सचिवमा सुर्यमान डंगोल र मनिता श्रेष्ठ, कोषाध्यक्षमा नन्दलाल श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सानुकाजी डंगोल, सञ्जय डंगोल, मनकाजी डंगोल, रामकृष्ण डंगोल, हिराकाजी श्रेष्ठ, हरीबहादुर श्रेष्ठ, कृष्ण श्रेष्ठ, विश्वास डंगोल, अनिष श्रेष्ठ, ज्ञानकाजी श्रेष्ठ, सानुदेवी श्रेष्ठ, राजकुमार श्रेष्ठ, आशा नारायण श्रेष्ठ, श्रीमाया डंगोल, निशा डंगोल र नानीमाया श्रेष्ठ रहेका छन् ।
नेवाः देय् दबु केन्द्रीय अध्यक्ष नरेश ताम्राकारको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा चन्द्रलाल शाक्य केन्द्रीय उपाध्यक्ष, सत्यनारायण डंगोल (केन्द्रीय सचिव, उमेश स्थापित बागमती प्रदेश अध्यक्ष, भगवान शाक्य बागमती प्रदेश उपाध्यक्ष), गणेशमान श्रेष्ठ बागमती प्रदेश सदस्य, देवराज डंगोल बागमती प्रदेश सदस्य, रमेश नापित अध्यक्ष, नेवाः गुथि तोखा , नेवा न्हेलुवा अष्ट नारायण डंगोल लगायतका अथितिहरु उपस्थिति रहेको थियो ।

