• TOKHA LIVE

      TOKHA LIVE

    • ९ फाल्गुन २०७८, सोमबार १९:२०

    टोखामा नेपाली कांग्रेसले मनाइयो प्रजातन्त्र दिवस

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/फागुन ९,२०७८

    काठमाडौं /टोखामा नेपाली कांग्रेसले प्रजातन्त्र दिवको अवसरमा नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं २ कार्य समितिले एक कार्यक्रम गरी मनाइएको छ।

    नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा शनिबार टोखाको गणेश पोखरीमा एक कार्यक्रमका बिच समारोह सम्पन्न गरेको हो ।

    टोखा गणेश पोखरीमा रहेको लोहपुरुष गणेशमान सिंहको शालिकमा मालार्पण पछि कार्यक्रम सभामा परिणत गरि सम्पन्न गरेको थियो । नेपाली काँग्रेस टोखा न.पा. २ वडा कार्य समितिका सभापति हेराकाजी डंगोल महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा मन्तब्य राख्ने वक्ताहरुले शहिदहरुको त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र र लोकतन्त्रलाई दिगो बनाउन सबै लाग्नु पर्ने बताएका छन्।

    कार्यक्रमका प्रमुख अतिथि महतले शहिदहरुको बलिदानलाई सम्मान गर्दै देशमा प्रजातन्त्रको रक्षाका लागि सम्पुर्ण कार्यकर्ता लाग्नु पर्ने भन्दै नजिकिदै गरेको स्थानीय निर्वाचनलाई केन्द्रीत गरी पार्टीलाई बिजय गराउने तयारीमा लाग्न अनुरोध समेत गरेका थिए ।

    त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै टोखा न.पा. २ वडा कार्य समितिका सभापति तथा कार्यक्रमका सभापति हेराकाजी डंगोल महर्जन सबै पार्टीका नेताहरुको योगदान र बलिदानले नेपालमा प्रजातन्त्रको उदय भएको कारण नेपाली काँग्रेसले मात्र नभई सबै पार्टी संघसंस्थाले प्रजातन्त्र मनाउनु पर्ने धारणा ब्यक्त गरेका थिए।

    कार्यक्रममा महाधिवेशन प्रतिनिधी कशिनारायण श्रेष्ठ, काठमाडौँ क्षेत्र नं ५ का सभापति श्यामकुमार खड्का टोखा नगरपालिका वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेका थिए।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै