नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन ९,२०७८
नेपाल स्काउट रङ्गेली नगर तदर्थ समिति मोरङको आयोजना एवं शिक्षा शाखा रङ्गेली नगरपालिकाको सहयोगमा विहिबार स्काउट सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रङ्गेली नगरपालिकामा रहेका २६ वटा बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

रङ्गेली नगर अध्यक्ष एवं नगर स्काउट संरक्षक दिलिप कुमार बगडियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाका सबै बिद्यालयमा स्काउट बिस्तार गर्ने गरि पालिका अगाडी जाने कुरामा प्रतिबद्धता जनाउनु भएको थियो। प्रदेश तदर्थ समिति सदस्य भाष्कर खनाल सहायक राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय प्रदेश अधिकृत नवराज घिमिरेले प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको अध्यक्षता रङ्गेली नगर तदर्थ समितिका संयोजक मोतिराम ढुंगानाले गर्नु भएको हो। भने प्रदेश स्काउट कार्यालयका कुशेश्वर रायले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

