टोखा लाइभ डट कम / फागुन ४ ,२०७८
काठमाडौं/टोखा नगरपालिकाको वडा नं.२ मा अवस्थित महत्त्वपूर्ण धार्मीक मन्दिर चण्डेश्वरीमा श्री स्वस्थानी व्रत कथा तथा माधवनारायण ब्रत हरिहर भजनको एक महिने धार्मीक मेला आज समापन हुने भएको छ। पौषशुल्क पुर्णीमा तिथीदेखी सुरु हुने यो मेला एक महिनासम्म सञ्चालन हुने गर्दछ ।
माघ स्नारम्भ पुर्णिमाका दिन देखि शिवको दर्शन गरेर स्वस्थानी सम्झेर एक महिना सम्म माघेव्रत माधव नारायण ब्रत बस्ने गरिन्छ।

टाेखामा हरि हर भजन गूठीले यो पर्व कस्ले वा कहिले सुरु गर्यो भन्ने कुनै सत्य तथ्य प्रमाण छैन तर सयौ वर्ष पहिले देखि हालसम्म चलेको भन्ने लोकख्यान छ।अहिले हरि हर भजन गूठीमा नयाँ पुस्ता देखि लिएर मध्यम पुस्ता र ६५ वर्ष नाघेका सम्म संलग्नता रहि आएको छ।यस्मा एउटै टाेलीमा दुई समुह बनाइ बिहान सबेरै भजन गित गाइ चण्डेश्वरी महादेव” शिव शिव दर्शन पाप हरण”- गणेशस्थानमा पुगे पछि गणेश दर्शन पाप हरण” त्यस्तै नाट्येश्वर मन्दिरमा नाट्येश्वर दर्शन पाप हरण ” भन्दै टाेखा नगर परिक्रमा गर्ने गर्दछ।हरिहर भजनकै क्रममा यस अवधिमा एक महिनामा ३५ वटा भजन गित गाउने गरिन्छ।

हिन्दु परम्परा अन्तर्गत सम्मान पाएका ३३ काेटी देवदतासंग गासिएको यस टोखा क्षेत्रमा चौसट्ठी शिवलिङ्गमध्ये चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णेश्वर पनि पर्दछ ।हालको जोरपाटी नजिक पर्ने गोकर्णेश्वर महादेवलाई टोखाको सुप्रसिद्द तिर्थको रूपमा नेपाल महात्म्यले चिनाउन खोजेको पाइन्छ। यस्ले टोखाको फैलावट पहिले कति थियो भन्ने थाहा हुन्छ। हिमालयकि पुत्री पार्वतीले श्री महादेवलाई पतिको रूपमा प्राप्त गर्न टाेखाको पिण्डारक तिर्थमा नुहाई चण्डिकेश्वर महादेव को पुजा तथा आराधना गरेको स्वस्थानीमा बर्णन गरेको पाइन्छ।यसै मन्दिरको छेउमा पौराणिक कालका दक्षप्रजापतिले यज्ञ गरेको स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास रहेको पाइन्छ ।
दक्षप्रजापतिले यज्ञ गर्दा महादेवलाई बोलाएनन् । सतिदेवीलाई घोर अपमान बोध भयो। उनले यज्ञकुण्डमा प्रवेश गरेर आफ्नो प्राण त्यागिनमहादेवले सतिदेवीकोको देह बोकेर मर्त्यमण्डल घुम्दै हिड्दा पुनः यहि ठाउँमा आइपुगे यसै ठाँउमा सतिदेवीको बायाँ स्तन पतन भयो र त्यसपछि चण्डेश्वरी देवि तथा चण्डिकेश्वर महादेवको उत्पत्ति भएको र शिवशक्ती स्वरुपले बस्न थालेको कथा यिनै चण्डेश्वरी देविसंग गासिएको छ। पौराणिक कथा अनुसार सुदर्शन चक्रले यसै ठाँउमा आइ तपस्या गरेको किवदन्तीको प्रमाणका लागि मन्दिर प्रवेशद्वारमा दायाँपट्टि रहेको कालो माटाे( धुनी )र यज्ञ कुण्डको नमुना अझै हेर्न सकिन्छ ।
यो अवलोकनका लागि काठमाडौं भक्तपुर , ललितपुर आसपासका ठाउँबाट भक्तजनहरुको बिहान सबेरै देखि दर्शनार्थीहरुको बाक्लो उपस्थिती हुने गर्दछ।

१ महिने स्वस्थानी व्रत कथा तथा श्री हरिहर भजन सुरु भएसंगै टाेखा नगरका घरघरमा स्वस्थानी ब्रतकथा बाचन गर्ने र स्वस्थानी सुन्ने र भन्ने क्रम सुरुहुनेको साथै माघ महात्म्यको रूपमा महिना भरी मनाइने यो पर्वलाई माघमहात्म्य पनि भनिन्छ।
पौष शुक्ल पूणिर्मा देखि माघ शुक्ल पूणिर्मसम्म यो पर्वमा प्रत्येक दिन माध हरिहर भजन गाउने समुहको लागि गुथीका एकजना संयाेजकले टाेखा बजारमा बिहान सबेरै शङ्ख बजाएर बुढापाका र युवा केटाकेटीलाई हरिहर गाउन निम्तो स्वरुप उठाउन आउने गर्छ।
एवं रितले चण्डेश्वरी मन्दिरमा पुगि नुहाइ धुवाइ गरेर फर्की प्रत्येक दिन बेग्लाबेग्लै माध: हरिहर भजन गाउदै टाेखा नगर २/३ परिक्रमा गर्दै शिवकै गुणगान गरि यो जुनिमा फेरि कहाँ पाऊँ” शिव शिव शङ्कर हर हर महादेव “गाउदै गितमा जन्म दिने मातापितालाई मनन गरि दाजु बन्धु सबैको पाप हरण होस् र कसैलाई पनि कुनै किसिमको रोग ब्याधी नालागोस् भनेर पुकार गरिन्छ।

सप्तमीकादिन विष्णुमति र ल्होंद खुसी/ खोलाको दोभानमा ग्रह दशा पन्छाइसके पछि १ महिना पश्चात माघ शुक्ल पूणिमा स्वस्थानी व्रत समाप्तिका दिन भर चण्डेश्वरीमा महादेवको पुजा गरि इच्छुक भएका निराहार ब्रतालुहरुले पटुका बाधी आफ्नो शरीर भुइमा बिछ्याई त्यस अगाडि अन्य आइमाई ब्रतालुहरुले बत्ती तथा अन्नपानी दिई देव दर्शन गरेर चण्डेश्वरीबाट सुरुवात गरि टाेखा नगर परिक्रमा गरिन्छ।

त्यस अवधी ब्रतालुहरु छ्वालीद्वारा संयोजन गरिएको शुभ कलश बोकेका ब्रतालुहरुलाई आइमाई हरुले शुद्ध हातमा जल चढाएर त्यही पानी पुनः आफैले लिएर शुद्ध जल मानी माघे जाँडको लागि जम्मा गर्ने चलन छ।त्यसो गर्दा माघे जाँड शुद्ध एवं सफा हुन्छ भन्ने जनविश्वास रहेको छ।त्यस अवसरमा ब्रतालुहरु विभिन्न शिव,पार्वती भेष धारण गर्दै शङ्ख बोकि टाेखा नगर परिक्रमा गरि समापन गरिन्छ।

त्यस्को भोलिपल्ट हरिहर भजनमा सहभागी बुढापाका र केटाकेटीलाई चण्डेश्वरी मन्दिर पुजाआजा गरेर विर्सजन गरि हरिहर भजन गुथि टाेखाले भोजको आयोजना गर्ने परम्परा रहेको छ । हाल यो परम्परा टाेखा नगरपालिकाका २र ३ का स्थानीय युवापुस्ताले आफ्नै स्रोत साधनलाई जुटाएर हरिहर भजन गुथिको परम्परा धान्दै आइरहेका छन् ।
फाेटाे सौजन्य: हरिहर भजन गुथी टाेखा

