नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन ३,२०७८
टोखा नगरपालिका वडा नं २ स्थित ऐतिहासिक तथा धार्मिक सांस्कृतिक धरोहर क्षेत्र भित्र अनधिकृत रूपमा तथा जथाभावी सार्वजनिक स्थलमा सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ।
रोडमा निर्माण सामग्री राखिएको अवस्थामा भोलि पर्न गएको स्वस्थानीको जात्राको क्रममा सर्वसाधारणलाई आवतजावत गर्न सजिलोको लागि सरोकारवाला घरधनी तथा गाडी धनीहरुलाई आ-आफ्नो घर र पार्किङ एरियामा सवारी साधन राख्न अनुरोध गरेको छ।
यदि सो सूचना वमोजिम सवारी साधन तथा सामान नहटाए मा सवारी साधन ऐन तथा प्रचलित ऐन कानुनबमोजिम कारबाही हुने समेत सूचनामा जानकारी गराइएको छ।


