नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन १ ,२०७८
प्रदेश नं १ को आयोजनामा प्रदेश स्काउट कार्यालय मोरङमा Surf Smart 2.0 TOT तालिम माघ २९ गते सम्पन्न भएको छ।
तालिममा नेपाल स्काउटका प्रदेश अध्यक्ष समितिका प्रदेश नं १ को संयोजक रवि खनालको बिशेष उपस्थित रहेको थियो। इन्टरनेटको सुरक्षा र सावधानीको विषयमा स्काउट मास्टर एवं रोभर रेन्जर गरि जम्मा २२ जना सहभागीलाई तालिम दिइएको थियो।
तालिम प्राप्त सहभागीहरुले अब २२ वटा विद्यालयमा स्काउट कक्षा सञ्चालन गरिने छन्। प्रदेश स्काउट कार्यालय प्रदेश नं १ को कार्यक्रम पोखरिया माध्यमिक विद्यालयको एक सभा हलमा सञ्चालन भएका थिए।
कार्यक्रमको संचालन प्रदेश स्काउट कार्यालयका अधिकृत नवराज घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। भने स्वागत मन्तव्य प्रदेश स्काउटका स्काउटर कुशेश्वर रायले राख्नुका थिए।
कार्यक्रम उद्घाटन समारोहमा भने विभिन्न पालिकाका स्थानीय तदर्थ समितिका संयोजकहरु सदस्यहरु तथा स्काउट लिडरहरूको सहभागिता रहेको थियो

