टाेखालाइभ डट कम/ माघ २९, २०७८
काठमाडौं । टोखा नगरपालिकामा कोरोनाको तेस्रो लहरको कारण स्थगीत भएको ‘मेयर दीर्घायु’ कार्यक्रम पुन संचालन हुने भएको छ । नगरभित्रका ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रमको भब्य सुभारम्भ भएको थियो ।
प्रत्येक हप्ता ९० जनालाई प्रदान गरिने उक्त कार्यक्रममा नगरपालिकाभित्रका झण्डै एक हजारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने लक्ष्य लिइएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्न ‘म स्वस्थ, मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम नगरवासीलाई स्वस्थ्य राख्ने उद्देश्यले सुरु गरेको थियो । टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र ९ प्रस्तावित प्रदेश अस्पतालमा सुरु गरिएको सो कार्यक्रम यही माघ ११ देखि कोरोनाका कारण स्थगन भएको थियो ।
मंसीर २८ गते मंगलबार टोखाको चण्डेश्वरी अस्पतालबाट शुरुवात गरिएको कार्यक्रम फागुन १ देखि पुनः सुरुआत गर्न लागिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

