• TOKHA LIVE

    • २८ माघ २०७८, शुक्रबार २०:१६

    भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    टोखा लाइभ । २०७८ माघ २८ गते

    काठमाडौं । प्रहरीले भालुको पित्तसहित टोखाबाट एकजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका ८ खिन्चोक बस्ने ३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार टोखा नगरपालिका ९ आनन्द टोलबाट पक्राउ गरेको हो ।

    प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार अवैध रुपमा भालुको पित्त ओसारपसार तथा बेचबिखन गर्न ल्याएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताएका छन् । उनलाई कारबाहीका लागि शुक्रबार नै डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै