• TOKHA LIVE

    • २८ माघ २०७८, शुक्रबार १९:०५

    टोखा चण्डेश्वरीमा नदी झरणा पुर्ननिर्माणका लागि सहरीया बिकास तथा भवन निर्माण प्रमुखको अवलोकन

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/माघ २८,२०७८

    काठमाडौं /टोखा नगरपालिका वडा नं २ मा रहेको टोखा चण्डेश्वरी मन्दिर परिसरमा रहेको नदी झरना पुर्ननिर्माणको लागि आज सहरीया बिकास तथा भवन निर्माणका इन्जिनियर प्रमुख रमा मानन्धरले अवलोकन गर्नुभएको छ।

    सहरीया बिकास तथा भवन निर्माण प्रमुख मानन्धर सहित उहाँका टोली र टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी, वडा सदस्य तथा नेपाली कांग्रेस इकाई सभापति हेराकाजी महर्जन डंगोल, वडा सदस्य प्रेम कृष्ण खड्गी, नेकपा एमालेका वडा २ का पार्टी अध्यक्ष राजकाजी डंगोल ,चण्डेश्वरी निर्माण तथा उपभोक्ता समिति अध्यक्ष धुर्व राज जोशी, चण्डेश्वरी युवा क्लबका पूर्व अध्यक्ष गगन श्रेष्ठ, लगायत स्थानीयहरुको उपस्थितीमा आज उक्त स्नानस्थल व्यवस्थित संचालन गर्न नदी झरना पूर्ण निर्माणको सम्भावनालाई मध्यनजर गर्दै इन्जिनियर प्रमुख मानन्धर र स्थानीय अग्रसरतामा अवलोकन गर्नुभएको थियो ।

    प्रकृतिको स्वरुप जस्ताको त्यस्तै गरी नविगारीकन सांस्कृतिक सम्पदा झल्कने गरि दुई खोला जोडिएको खोलालाई अबको दिनमा श्री स्वस्थानी पूर्णिमाको एक महिना लाग्ने टोखा चण्डेश्वरी मन्दिर भोलिको दिनहरुमा माध:भजन माधव नारायण व्रतालु भक्तजनलाई स्नानस्थल अझै व्यवस्थित संचालन गर्ने उद्देश्यले टोखा नगरपालिका वडा नं २ परिवार लगायत स्थानीयवासी अहिले जोडतोडले लागि परेका छन्।

    बागमती प्रदेश सभा सदस्य सांसद दिपक निरौलाको पहलमा  रु. ५० लाखको बजेट विनियोजन गरिएको निर्णय अनुसार चण्डेश्वरी मन्दिर परिसरमा रहेको नदी र झरना पूर्ण निर्माणको लागि टाेखा नगरपालिका वडा २ र स्थानीयको अगुवाईमा प्रमुख इन्जिनियर मानन्धरको टाेलीद्वारा अवलोकन गरिएको हो।

    टोखा चण्डेश्वरी मन्दिरमा पनि श्री स्वस्थानी पूर्णिमाको दिन देखि पूर्णिमाको अन्तिम दिनसम्म माधव नारायण व्रतालुहरु
    टोखा चण्डेश्वरी मन्दिरमा श्री स्वस्थानी वाचन, माध: हरिहर भजन र माधव नारायण व्रत बस्दै आएका छन् । यस्लाई व्यवस्थित तरिकाले सुरुवात गर्न टोखाका अग्रज ब्यक्तित्वहरु तथा स्थानीयहरु लागि परेका छन्।

    चण्डेश्वरी मन्दिर परिसरमा रहेको नदी र झरनाको निर्माणसंगै पिक्निक स्पट , सार्वजनिक सौचालयको पनि निर्माण गर्ने वडा परिवारले सहरीया बिकास तथा भवन निर्माणका इन्जिनियर प्रमुख रमा मानन्धर समक्ष जानकारी गराएका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै