टाेखालाइभ डट कम / माघ २८,२०७८
काठमाडौं /आदर्श समाज पलिष्ठा नितीं जन साहित्य:’आदर्श समाज निर्माणका लागि जन साहित्य ‘भन्ने मुल मर्मका साथ नेपाल भाषा साहित्य तः मुज्या टाेखाको आयोजनामा १५ औं नेपाल भाषा साहित्य तः मुज्या आउदो फागुन ७ गते हुने भएको छ।
नेपाल भाषा साहित्य तः मुज्या स्थापना कालदेखि नै नेपाली भाषा र नेपाल भाषा साहित्यको संरक्षण, प्रवर्ध्दन र सम्बर्द्धनका लागी अनवरत क्रियाशील रही टाेखामा वि.सं. २०६४ सालमा प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते ‘जन साहित्य समाज’नेपाल भाषा साहित्य तः मुज्याको स्थापना भएको थियो ।नेपाल भाषा साहित्य तः मुज्याले नेपाली र नेपाल भाषा साहित्यको संरक्षण र प्रबर्द्धनमा जोड दिदै साहित्यहरूमाथि बहस गर्ने र नयाँ पुस्तालाई यसकाबारे जानकारी समेत दिदैं आएको थियोे ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुँदै आएको जन साहित्य सम्मेलन/ नेपाल भाषा साहित्य तः मुज्या
फागुन ७ गते टाेखा नगरपालिका वडा नं. २ को थने लाछीमा
बिहान १०:३० बजेदेखि नेपाल भाषा साहित्य तः मुज्या कार्यक्रम सुरु हुनेछ।
साहित्यसम्बन्धी लेख रचना २०७८ फागुन ५ गते सम्म बुझाउन सकिने।
नेपाल भाषा साहित्य तः मुज्या सम्मलेनमा साहित्यसम्बन्धी विभिन्न विषयमा भाग लिन आयोजकले बाल बिकाश क्लब टाेखा , मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि.टाेखा,गणेश ई.सेकेन्डरी स्कुल टाेखा, मनमैजु बुक्स एन्ड स्टेसनरी सेन्टर लैनचौर ,पांँगा बुक्स एन्ड स्टेसनरी सेन्टर,कमला बुक्स एन्ड स्टेसनरी नयाँबजार किर्तीपुर लगायतका सम्पर्क स्थानहरुमा साहित्यसम्बन्धी लेख रचना २०७८ फागुन ५ सम्म बुझाउन सकिने छ।
यसपालिको फागुन ७ गते शनिवार हुन गई रहेको १५औं जन साहित्य सम्मेलन नेपाल भाषा साहित्य तः मुज्याको रूपमा नेपाल भाषाबाट नामांकित गरेर कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएको छ। यस अघि यो जन साहित्य सम्मेलनबाट कार्यक्रम आयोजना हुँदै आएको थियो ।
विश्वव्यापी रूपमा सबै ठाउँमा कोरोना महामारी रोग फैलिरहेको समयमा यो सम्मेलन अनलाइन मार्फत गर्ने आयोजकले निर्णय गरिएको थियो ।
यद्यपि नेपाल सरकारको पछिल्लो निर्णयानुसार कोरोना संक्रमण दर न्युन हुदैं गएकोमा लकडाउन खुकुलो गर्ने भएसँगै आकस्मिक रूपमा सम्मेलन कार्यक्रम खुल्ला नै गर्ने निर्णय भएको आयोजकले जानकारी दिएको हो । १५ औं नेपाल भाषा साहित्य तः मुज्या कार्यक्रमलाई भव्य रूपमा सफल पार्न सम्पूर्ण आमा, बुबा,दाजुभाई तथा दीदीबहिनीहरूलाई सहभागीको लागि सबैमा आयोजकले अनुरोध गरेका छन् ।

