• Sanu Raj Dangol

    • २७ माघ २०७८, बिहीबार १९:४३

    भाटभटेनी सुपर मार्केटको २१ औं शाखा टाेखामा

    टाेखालाइभ डट कम/ माघ २७,२०७८

    काठमाडौं /भाटभटेनी सुपर मार्केटको २१ औं शाखा टाेखामा विस्तार भएको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आज बिहीवार बिहान २१ औं शाखा टाेखामा समुद्घाटन गरेका हुन् । नेपालको सबैभन्दा ठूलो र अग्रणी सुपर मार्केटको रुपमा परिचित भाट भटेनी सुपर मार्केटले आज काठमाडौंकै मुटु टाेखा नगरपालिकामा आफ्नो २१ औं स्टोर उद्घाटन पछि आजैबाट उक्त शाखा सञ्चालनमा आएको छ ।

     

    यसअघि राजधानीको ठुला शहरमा शाखाहरु बिस्तार गरिसकेको भाटभटेनीले काठमाडौं बाहिर धरान, वुटवल, भैरहवा, नारायणगढ, पोखरा र इटहरी लगायत ठाउँमा पनि भाटभटेनीको शाखा द्रुत गतिमा विस्तार गरिरहेको छ।

     

    उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै सामानको खरिदमा १० प्रतिशत छुट दिएको छ । भने इलेकट्रोनिक सामान खरिदमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

    भाटभटेनी सुपरस्टोर टाेखा शाखामा निर्माण भएको यो सुपरस्टोर ५० करोडको लगानीमा करीब १० महीनाअघिबाट यसको निर्माण कार्य थालिएको थियो । सुपरस्टोर ६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।भने अण्डरग्राउन्ड बेसमेन्ट सहित ८ तलाको छ।

    यस क्षेत्रका ग्राहकलाई आवश्यक सबै सामान एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो शाखाको विस्तार गरिएको गरुङको भनाइ छ । ‘खरीदकर्तालाई आफ्नो आयले धान्ने सामान छनौट गर्ने अवसर दिने र विभिन्न आय समूहका मानिसका लागि एकै स्थलमा सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ गुरुङले भने । ‘यहाँ नेपालका विभिन्न ठाँउमा उत्पादन भएका सामानका साथै विश्वका उत्कृष्ट कम्पनीहरूबाट उत्पादित सामान विक्रीका लागि राखिएको उनले जानकारी दिए । ग्राहक सेवाका लागि छुट्टै डेस्क, अशक्त र असहायका लागि इलिभेटर, इस्केलेटर लगायत सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।

    ३७ औं वार्षिकोत्सब मनाइसकेको भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक गुरुङले भाटभटेनीको शाखा देशैभर विस्तार गर्ने बताउदै आएका गुरुङले अहिले हजारौं मानिसलाई रोजगारी दिइरहेको बताए। कुल कर्मचारीमध्ये करीब ९० प्रतिशत महिला रहेको गुरुङको भनाइ छ ।

    यस्ता शाखाको विस्तारले स्वदेशी सामानको उत्पादन वृद्धि र बजार प्रवर्द्धन गर्न यथेष्ट सहयोग पुग्ने गुरुङको भनाइ छ ।
    विकासशील देशमा यसखाले कडा मेहनतका साथ निजी क्षेत्रले उन्नत किसिमको ब्यापार व्यवसाय गरि भाटभटेनीले देशमा उदाहरणीय काम गरिरहेको गुरुङले बताउनुभयो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै