• TOKHA LIVE

    • २५ माघ २०७८, मंगलवार १२:५५

    टोखामा सुविधा सम्पन्न ‘ब्रदर्स अटो ’ नयाँ सर्भिसिङ सेन्टर संचालनमा

    टाेखालाइभ डट कम/ माघ २५,२०७८

    काठमाडौं /नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले टोखामा सम्पूर्ण सुविधा सम्पन्न ‘ब्रदर्स अटो ’ नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ ।

    नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले टोखामा नयाँ सर्भिस सेन्टर उद्घाटन गर्न पाउँदा आफू निकै प्रसन्न भएको बताउदै बजाजका ग्राहकहरु निरन्तर वृद्धि भइरहेका र ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु कम्पनीको जिम्मेवारी भएकाले नयाँ सर्भिस सेन्टरबाट ग्राहकको सहज जीवनयापनका लागि थप सहयोग पुग्ने अपेक्षा राखेका थिए ।

    बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको भनाइ छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

    नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखामा नयाँ भाट्भटेनी सगै बजाज मोटरसाइकल सोरुम तथा सर्भिस सेन्टर’ संचालनमा ल्याएको हो।

    टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै ब्रदर्स अटो का संचालक बिनोद चौलागाईं ले भने, ‘टोखा आउट लेट मा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं ।’

    उक्त सेन्टरमा मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्य ले बताए । साथै उक्त सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले दाबी गरेका छन् ।

    ब्रदर्स अटोको नयाँ शाखा टोखामा एकै दिन २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको प्रतीक्षालय पनि ग्राहकहरूको लागि सुविधा छ । नयाँ आउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिज का लागि समेत सहज बनाउने तथा बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले टोखामा पनि सर्भिस सेन्टर संचालनमा ल्याएको कम्पनीले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै