नविना श्रेष्ठ
टाेखालाइभ डट कम/माघ २५,२०७८
नेपाल स्काउट गौरादह नगर तदर्थ समितिको आयोजनामा १ दिने स्काउट प्रशिक्षण एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार भएको कार्यक्रमको नगरपालिका प्रमुख तथा स्थानीय स्काउट संरक्षक रोहित कुमार शाहले उद्घघाट्न गर्नुभएको कार्यक्रममा स्थानीय स्काउट समितिका संयोजक गंगा कार्कीले अध्यक्षता गर्नु भएकाे थियो ।

सहायक राष्ट्रिय प्रशिक्षक नवल प्रसाद उपाध्याय, स्काउट मास्टर वादल देवान, बद्री अधिकारीले प्रशिक्षण दिनुभएका थिए। कार्यक्रम गौरादह ४ अवस्थित SIR Memorial Academy हलमा सम्पन्न भएको थियोे ।

कार्यक्रममा नगरपालिका प्रमुख तथा स्थानीय स्काउट संरक्षक रोहित कुमार शाह , स्थानीय स्काउट प्रमुख तथा पालिका उप- प्रमुख गीता भेटवाल, शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, ईञ्जिनियर गोपाल भण्डारी, वडा नं ४ का अध्यक्ष मणिन्द्र कार्की लगायत १० वटा सामुदायिक बिद्यालयका प्रतिनिधि र बिद्यार्थीहरुको एव स्थानीय स्काउट तदर्थ समिति सदस्यहरूको उपस्थिति रहेको थियो । भने प्रदेश स्काउट कार्यालयका अधिकृत नवराज घिमिरे र कुशेश्वर रोयको विशेष उपस्थिति तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।


