• TOKHA LIVE

      TOKHA LIVE

    • २४ माघ २०७८, सोमबार ०८:२३

    टोखाका एकमात्र क्वं: खिं बाजाका ज्ञाता संस्कृतिकर्मी सुब्बा डंगोल रहेनन्

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/माघ २४,२०७८

    टोखाका सांस्कृतिक धरोहर एक कुशल वाद्यवादक अग्रज संस्कृतिकर्मी सुब्बा डंगोलको ८७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। टोखामा दाफा भजन र धां बाजाको विकासमा उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो।

    श्री सपनतीर्थ दाफा भजनमा संलग्न उहाँ आफ्जो जीवन कालमा खिं, पश्चिम्‌मा र क्वं: खिं बाजाका कुशल वाद्यवादक थिए। उमेरसँगै स्वास्थ्यले साथ नदिए पछि वाद्यवादनबाट टाढा रहेका सुब्बा डंगोल टोखा भरीमा एकमात्र क्वं: खिं बाजाका ज्ञाता थिए ।

    डंगोलको अवसानसँगै क्वं: खिं बाजाको ताल, लय र धुन सदाका लागि हामी माझ अब सम्झना मात्र रहेको छ। उहाँले टोखामा धां बाजाको परम्परालाई भित्र्याउने व्यक्तिहरू मध्यमा एक महान व्यक्ति उहाँ पनि एक हुनुहुन्थ्यो।

    उहाँको देहावसान पछि सिंगो सांस्कृतिक नगर टाेखाको दाफा खल:, धां भजन, संगीत र संस्कृतिमा अपुरणीय क्षति पुगेको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै