नविना श्रेष्ठ
टाेखालाइभ डट कम/माघ ६,२०७८
भक्तपुर नगरपालिकाका स्थानीय स्काउटको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । समारोहमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख स्काउट, नगरपालिका उपप्रमुख रजनी जोशी र सदस्य सचिव नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दीक्षा दिइएको थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक सुनिल प्रजापतिले संकटको समयमा नेपाल स्काउटका सदस्यहरुले निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्दै आइरहेको कुरा स्मरण गर्दै यस अभियानलाई ब्यापकता दिन आफुले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको बताउँदै प्रमुख प्रजापतिले संकटको समयमा साहसिक कामको लागि नेपाल स्काउटले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताए।
दिक्षान्त कार्यक्रम समारोहमा स्काउटका अग्रज ब्यक्तित्वहरुको उपस्थित रहेको थियो।

