• TOKHA LIVE

    • २ माघ २०७८, आईतवार २१:२१

    टाेखा नगर उपप्रमुखद्वारा श्री स्वस्थानी व्रतकथा तथा हरिहर भजन प्रबर्द्धन गर्न अत्यावश्यकसामग्री प्रदान

    टाेखालाइभ डट कम/ माघ २ ,२०७८

    काठमाडौं टोखा नगरपालिकाको वडा नं.२ मा अवस्थित महत्त्वपूर्ण धार्मीक मन्दिर चण्डेश्वरीमा श्री स्वस्थानी व्रत कथा तथा हरिहर भजनको एक महिने धार्मीक मेला भोलि सोमबारदेखी सुरु हुने भएको छ । एक महिनासम्म सञ्चालन हुने पवित्र तीर्थस्थल चण्डेश्वरीबाट नगर परिक्रमा गर्ने हरिहर भजन खल:लाई टाेखा नगरपालिकाका नगर उपप्रमुख ज्ञानमाया डंगाेलले परापुर्व काल देखि चलिआएको परम्परा, संस्कृति, संस्कारलाई निरन्तर प्रबर्द्धन गर्न आज अत्यावश्यक विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको छ। टाेखा नगरपालिका २ नं वडा कार्यालयमा वडा अध्यक्ष दिपक राज जोशी , टाेखा भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीकाे राेहवरमा कलश -१० थान, शंख -२ थान, थर्मश -४ थान, ईलेक्ट्रिक एयर पट – २ थान, वाटर डिस्प्लेन्सर -२ थान, स्टील ग्लास – १०० थान, र किस्टी – ५ थान, सामग्री हरिहर भजन खल:लाई हस्तान्तरण गर्नुभएकाे छ ।

    १ महिने स्वस्थानी व्रत कथा तथा श्री हरिहर भजन सुरु भएसंगै टाेखा नगरका घरघरमा स्वस्थानी ब्रतकथा बाचन गर्ने र स्वस्थानी सुन्ने र भन्ने क्रम सुरुहुनेको साथै माघ महात्म्यको रूपमा महिना भरी मनाइने यो पर्वलाई माघमहात्म्य पनि भनिन्छ।

    पौष शुक्ल पूणिर्मा देखि माघ शुक्ल पूणिर्मसम्म यो पर्वमा प्रत्येक दिन माध हरिहर भजन गाउने समुहको लागि गुथीका एकजना संयाेजकले टाेखा बजारमा बिहान सबेरै शङ्ख बजाएर बुढापाका र युवा केटाकेटीलाई हरिहर गाउन निम्तो स्वरुप उठाउन आउने गर्छ।

    एवं रितले चण्डेश्वरी मन्दिरमा पुगि नुहाइ धुवाइ गरेर फर्की प्रत्येक दिन बेग्लाबेग्लै माध: हरिहर भजन गाउदै टाेखा नगर २/३ परिक्रमा गरेको १ महिना पश्चात माघ शुक्ल पूणिर्मसम्म बुढापाका र केटाकेटीलाई एकमहिना भएपछि पुजाआजा गरेर चण्डेश्वरी मन्दिरमा विर्सजन गरि हरिहर भजन गुथि टाेखाले भोजको आयोजना गर्ने परम्परा रहेको छ । हाल यो परम्परा टाेखा नगरपालिकाका २र ३ का स्थानीय युवापुस्ताले आफ्नै स्रोत साधनलाई जुटाएर हरिहर भजन गुथिको परम्परा धान्दै आइरहेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै