• TOKHA LIVE

    • २ माघ २०७८, आईतवार १९:३८

    खाँडादेवी गाउँपालिका तदर्थ समितिद्वारा स्काउट आधारभूत BTC/PTC तालिम सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/माघ२,२०७८

    नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट खाँडादेवी गाउँपालिका तदर्थ समितिको आयोजनामा गरिएको स्काउट आधारभूत BTC/PTC तालिम सम्पन्न भएको छ ।

    संचालन भएको प्रशिक्षण बागमती प्रदेश नि.बर्तमान आर्थिक मामिला तथा योजना मन्त्री माननीय कैलाश ढुङ्गेलको प्रमुख आतिथ्य र खाँडादेवि गाउँपालिका स्काउट तदर्थ समिती संयोजक गौतम लामाको अध्यक्षतामा,राष्ट्रियप्रधान कार्यलयका सहायक प्रशिक्षक शिव कुमार त्वयना राष्ट्रिय सहायक प्रशिक्षक शुसिला कुमारी बिष्ट उपस्थितिमा रहेको थियो |

    उक्त ६ दिने प्रशिक्षण मा खाँडादेवी गाँ.पा भित्र बिशिस्ट व्यक्तिहरु, सामुदायिक बिधालयको मा.बि. शिक्षक शिक्षिका विभिन्न संघ संस्थाको प्रतिनिधि युवा युवतीहरुको सहभागिता रहेको थियो| खाँडादेवी गाँ.पा भित्र रहेका हरेक सामुदायिक बिधालयहरुमा अनिवार्य स्काउट लागू गर्ने उद्देश्यले संचालन गरिएको प्रशिक्षण बाट ४५ जना स्थानीय स्काउट प्रशिक्षक दिक्षित भएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै