नविना श्रेष्ठ
टाेखालाइभ डट कम/पौष ३०,२०७८
नेपाल स्काउटको आयोजनामा ककनी
अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनी, नुवाकोटमा प्रारम्भ भएको सुदुर पश्चिम प्रदेशस्तरीय वि.टि.सि, पि.टि.सि तालिम समापन भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले, समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रूपमा नेपाल स्काउट उभिनु पर्ने बताउनु भयो । फलस्वरुप, आगामी पुस्ताले ती समस्या भोग्नु नपरोस् ।
मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउने जिम्मेवारी युवा पुस्ताको काँधमा रहेको र त्यो काम, विश्व स्काउटको मूल्य, मान्यता र सिद्धान्तलाई अंगिकार गर्दै नेपाल स्काउटका सदस्यहरुले गर्नु पर्ने कुरामा संयोजक भण्डारीले जोड दिनु भयो ।

संयोजक भण्डारीले, सुदुरपश्चिम प्रदेशका सबै विद्यालयहरुमा स्काउट शिक्षा पुर्याई सबल, सक्षम समाज निर्माण गर्ने जिम्मेवारी पुरा गर्न तालिम प्राप्त स्काउट माष्टरहरुलाई निर्देशन दिनु भयो ।
तालिममा सुदुर पश्चिम प्रदेशका स्थानीय पालिकाहरुबाट जम्मा (७७ महिला र १८१ पुरुष) गरि २५८ जना सहभागी भएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै सुदूर पश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले स्काउटबाट सिकेका ज्ञान, सीप, कला र कौशलको भरपुर सदुपयोग गर्दै सुदुर पश्चिमलाई एउटा अब्बल प्रदेशका रुपमा चिनाउने जिम्मेवारी तपाईहरुको काँधमा आएको छ भन्दै त्यसका लागि आवश्यक सरसहयोगका लागि आफु सधैँ तयार रहेको कुरा बताउनु भयो । साथै, सुदुर पश्चिमलाई असल स्काउटको क्षेत्रका रुपमा रुपान्तरण गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।

