टाेखालाइभ डट कम/ पौष १६,२०७८
काठमाडौं /टोखा नगरपालिकाको दसौं नगरसभा सम्पन्न भएको छ । आज टाेखा वडा ८ स्थित पारिजात पार्टी प्यालेसमा भएको कार्यक्रममा टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

सभामा नगर उपप्रमुख ज्ञानमाया डंगोलले संशोधित बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।नगर सभामा नगर उपप्रमुख ज्ञानमाया डंगोलले नवौं नगर सभाले स्वीकृत गरेको आ.व.२०७८।७९को संशाेधित बजेट रु.१ अर्ब १४ करोड ६६ लाख १८ हजार रुपैया प्रस्ताव गर्नुभयो ।जुन नवौं नगर सभामा पेश गरिएको सहितको वार्षिक नीति कार्यक्रमको समीक्षा सहितको संशोधित बजेट भन्दा २.४८ले प्रतिशतले वृद्धि भएको जानकारी गराउदै बजेट तथा कार्यक्रमको अनुमानित पुर्न विवरण अनुसूची मार्फत पेश गर्नुभएको थियोे ।

चालू आर्थिक वर्षमा आ.व.२०७८।७९को नवौं नगर सभाबाट कुल राजस्व असुली अनुमान रु १ अर्व ८९ करोड ९४ लाख ७६ हजार गरिएको थियोे । जसमध्य आन्तरिक श्रोत को कर तथा गैर्हकर सेवा शुल्कहरुबाट २२ करोड २०लाख ७९ हजार अनुमान गरिएकोमा २०७८ मंसिर मसान्तसम्म टोखा नगरपालिकामा रु ११ करोड ५८ लाख राजश्व उठेको थियो ।जुन ४९.५६ प्रतिशत प्रगति भएको विवरण टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले पेश गर्नुभयो।

नवौं नगरसभाबाट पारित योजना र कार्यक्रमहरुलाई समयमै
गौरवका योजनाहरु तत्काल सम्पन्न गर्न टाेखा नगरपालिकाले लागेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
राजनीतिक दलहरुको अधिवेशनले गर्दा अहिलेसम्मको नगरपालिकाको गतिविधीहरु सन्तोषजनक नदेखिएको बताउदै यो बर्षको र स्थानीय सरकारको अन्तिम नगर सभाबाट पारित योजना तथा कार्यक्रमलाई छिटोभन्दा छिटो कार्य गर्नुपर्नै चुनौती रहेको बताउनुभयो ।

कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले गौरवका योजनाहरुलाई अहिले प्राथमिकतामा राखेको बताउदै बाँकी कामहरु अब आउने स्थानीय सरकारले पुरा गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष जेपी नेपाल र टाेखा वडा ६ का वडा सदस्य शान्ता खनाल पौडेल लगायतले फरकमत राख्ने क्रममा कार्यपालिकाको बैठकबाट बजेट तथा योजना संशोधन भएर आउनुपर्नेमा त्यसो नगरिएको , कुनैपनि योजना तथा बजेट संशोधन भएको हेर्न नपाइएको भनाइलाई खण्डन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरभित्रका वडाबाट जितेका कुनैपनि राजनीतिक दलका प्रतिनिधिहरुलाई विकास निर्माणको काममा कुनैपनि विभेद नगरेको बताउनुभयो। सबै राजनीतिक दलका कार्यकर्ताले जितेका वडाहरुमा विकासको खर्चमा कुनै कमि हुन नदिएको उहाँको भनाइ थियो ।
यो टोखा नगरपालिकाको विकास गर्न हामी सबैको साझा दायित्व हुन आवश्यक छ भन्नुभयो । नगरपालिकाले स्थानीय विकास निर्माणमा होस् वा वडा कार्यालय भवन निर्माणमा होस् कुनैपनि क्षेत्रमा विभेद नगरेको कार्यक्रममा नगर प्रमुख अधिकारीले प्रष्ट्याउनुभयो ।


