• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • ४ पुष २०७८, आईतवार २१:२९

    टाेखामा योमरी पुन्हि सम्पदा दिवसको अवसरमा त्य:छीं त्य: कार्यक्रम सम्पन्न

    टाेखा लाइभ डट कम / पुस ४ ,२०७८

    टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा संस्कृति संरक्षित क्षेत्र रहेको ऐतिहासिक बस्ती टाेखा नगरपालिका वडा २ र ३ मा आज भएको सम्पदा दिवस थिल्ला पुन्ही ( य:मरी पुन्हि ) को अवसरमा त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम टाेखा नगरपालिका वडा २ हासल देखि शुरु भएको उक्त कार्यक्रम सरस्वती चौर,क्वने लाछी हुँदै थनेलाछी दबुमा विभिन्न कलाकार हरुद्वारा नृत्य सांस्कृतिक प्रदर्शन गर्दै समापन भएको हो।

    त्य:छीं त्य: ज्याझ्व: औपचारिक कार्यक्रममा टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल ,टाेखा नगरपालिका उप- प्रमुख ज्ञानमाया डंगोल , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , टाेखाका मुलनायो हेमराज श्रेष्ठ , बिष्णुुुमती करिडोर सराेेकार समितिका अध्यक्ष हरिदास श्रेष्ठ ,नेवा: गूठी टाेखाका अध्यक्ष रमेश नापित र आयोजक टाेखा संस्कृति सम्पदा संरक्षण दबुका सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे ।

    त्य:छीं त्य: ज्याझ्व:को सांस्कृतिक कार्यक्रमलाई टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले संञ्चालन गर्नुभएको कार्यक्रममा कलाकारहरुले त्य:छीं त्य: बकछीं त्य: , राष्ट्रिय गौरव ताेखा दे झि नेवा: नसा ह्वगु सहर,ल्याम्ह भाजु गुलि बाला तपा लं सुरवा, गो गो लागू छङु मिखा , कुतुम्ब, धिमे नाच, छं बिगु माया जित लगायत तामाङ गितमा आकर्षण नृत्य प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर हर्षोल्लासका साथ योमरी पूर्णिमा ज्यापुदिवस मनाइने गरेको बताउदै आफन्त छोरि चेलीबेटी र छर छिमेकीलाई ख्वाउने लगायत तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको बताए। योमरी पुन्हिको अवसरमा त्य:छीं त्य: कार्यक्रम निरन्तर संचालन भै रहने बताउदै अबका दिनमा पनि यस्तै साथ र सहयोग रहने छ भन्ने भरोसाका साथ कार्यक्रमलाई सफलपार्न सहयोग गर्ने सम्पुर्ण संघसंस्थालाई विशेष हार्दिक आभार प्रकट गर्नुभयो ।

    टाेखा संस्कृति सम्पदा संरक्षण दबुको त्य:छीं त्य: ज्याझ्व:
    लाई टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति,टाेखा संस्कृति सम्पदा संरक्षण दबु मिसा कब:, नेवा: गूठी टाेखा , टाेखा खड्गी युवा समाज,टाेखा प्वं: खल:,र टाेखा परम्परागत चाकु संरक्षण समाज र मिडिया सहयोगी लगायतको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै