नविना श्रेष्ठ
टाेखलाइभ डट कम/ पुस ३,२०७८
बुढानीलकण्ठ नगरपालिका वडा नं ४ स्थित श्री मदन आश्रित आदर्श आधारभुत विद्यालयको २०औं वार्षिकोत्सव अभिभावकत्व ग्रहण विविध सांस्कृतिक कार्यक्रम तथा विद्यालयका शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ।

कार्यक्रम राष्ट्रिय गान सँगै माला अर्पण गरी पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको हो। प्रमुख अतिथि राजाराम खड्काले विद्यालयको महत्व रहिरहन विद्यार्थीहरुलाई सहज गराउनुपर्ने बताए।
२०औं वार्षिक पुस्तक को अवसरमा विद्यालयका सल्लाहकार डा. जगदीश वैद्यले संस्थागत बाट विद्यालयमा २३० जना विद्यार्थीहरुलाई ज्याकेट,जुटा,मोजा निःशुल्क रुपमा उपलब्ध गराएका छन्।

गत बुधबार विद्यालयको प्राङ्गणमा भएको कार्यक्रमका सभापति विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष राजाराम खड्का रहेका थिए। प्रमुख अतिथिमा राष्ट्रिय समाजसेवी प्राध्यापक डा.जगदिश वैरे, विशेष आर्थिक बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उल्ब खरेल , वरिष्ठ कलाकार हरिवंश आचार्य, पूर्व गाविस उपाध्यक्ष एवं समाजसेवी मानदास श्रेष्ठ , युवा समाजसेवी महेश श्रेष्ठ, विद्यालय संस्थापक तथा वडा अध्यक्ष, अतिथिमा केदार त्रिपाठी,दिपा थापा,सुरविर पंडित,माधव पंडित,जितु नेपाल, भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका अभियन्ता नवराज भण्डारी रहेका थिए।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं ५का क्षेत्रीय सभापति श्याम खड्का , नेपाली कांग्रेस क्षेत्र नं ५ प्रदेश ख का सभापति राजु खड्का, नेकपा एमाले नगर कमिटी सचिव एवं वडा नं १३ वडाध्यक्ष श्री कृष्ण श्रेष्ठ, नेपाल एकीकृत समाजवादी पार्टीका क्षेत्र न ५ क्षेत्रीय संयोजक राम कृष्ण सेडाई, नेकपा माओवादी प्रदेश कमिटी सदस्य रविन अधिकारी,रा.प्र.पा क्षेत्रीय अध्यक्ष नविन खड्का लगायतको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिकामा १४० वटा विद्यालय मध्ये एक विद्यालय मदन-आश्रित पनि एक हो भनी जानकारी दिएका छन्। विभिन्न राजनीतिक दलका व्यक्तित्वहरुलाई तथा विद्यालय प्रति शुभचिन्तक व्यक्तित्वहरुलाई मायाको चिनो दिई सम्मान गरिएको थियो।


