• Sanu Raj Dangol

    • १९ मंसिर २०७८, आईतवार २१:००

    टोखा १ मा मानव वेचबिखन तथा ओसारपसार लैगिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

    टाेखालाइभ डट कम/ मंसिर १९,२०७८

    काठमाडौ/’घरैबाट शुरु गरौं ,महिला हिंसा अन्त्य गरौं ‘ राष्ट्रिय नाराका साथ लैगिक हिंसा विरूद्धको १६ दिने
    अभियानको अवसरमा मानव वेचबिखन तथा ओसारपसार र लैगिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सरोकारवालाहरुको भुमिका बिषयक कार्यक्रम टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ।

    टाेखा नगरपालिका १ न वडा कार्यालय एवं मानव वेचबिखन तथा ओसारपसार विरुद्ध वडा स्तरीय समितिको आयोजनामा टाेखा नगरपालिका महिला तथा बालबालिका शाखाको समन्वय र शान्ति फाउण्डेशनको प्राविधिक सहयोगमा मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जनचेतना मुलक वडास्तरीय कार्यक्रमको प्रमुख अतिथि टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा सम्पन्न भएको छ।

    टोखा १ मा लैगिक हिंसा विरूद्धको १६ दिने
    अभियानको अवसरमा मानव वेचबिखन तथा ओसारपसार र लैगिक हिंसा नियन्त्रण सम्बन्धी कार्यक्रम मंसिर १० गतेदेखि सुचारु भएको कार्यक्रम मंसिर २६ सम्म चल्नेछ।

    दोस्रो चरणको मानव वेचबिखन तथा ओसारपसार र लैगिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम आज टोखा नगरपालिकाका वडा  १ मा भएको कार्यक्रममा जनप्रतिनिधीहरु, एकता महिला विकास समिति ,साना किसान महिला समुह , टाँसि डाडा महिला विकास समिति,सामुदायीक विध्यालयका शिक्षक-शिक्षिकाका प्रतिनिधीहरु,बाल क्लबका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रममा वडा र स्थानिय निकायको भूमिकाबारे सहभागीहरुलाई जानकारी गराएको थियो

    कार्यक्रमका विशिस्ट अतिथि टाेखा शिक्षा शाखा प्रमुख बाबुराम गौतमले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताउनुभयो ।

     

    कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले हिंसा कसैले गर्नु हुँदैन । हिंसा सहिँदैन भनेर नै महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको बताउदै दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिइन् ।मानव बेचबिखन तथा ओसारपसार मुक्त वनाउन हामी हातमा हात मिलाई अघि बढौँ, हामी अवश्यै सफल हुन्छौ ।”_भन्नुभयो।

    कार्यक्रममा टोखा नगरपालिका १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले टाेखा वडा कार्यालयहरुलाई मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी वडा स्तरीय रोकथाम जस्तो कदममा टाेखा नगरपालिकाको न्यायीक साथ र सहयोग रहनेमा जोड दिनुभयो ।

    नगर महिला तथा बालबालिका शाखा निरीक्षक विमला वाग्लेले सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको बताउदै उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिएको बताइन् । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको बताइन् ।

    कार्यक्रममा टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोल,टोखा नगरपालिका १ का अध्यक्ष श्रीकृष्ण अधिकारी,
    टाेखा शिक्षा शाखा प्रमुख बाबुराम गौतम,
    महिला तथा बालबालिका शाखा निरीक्षक विमला वाग्लेले
    टाेखा १ का वडा सदस्य बुलाल महर्जन ,सुर्य तामाङ , कविता गौतम , सुनिता श्रेष्ठ परियार,टाेखा नगरकार्यपालिका सदस्य शोभा तामाङ ,शान्ति फाउन्डेसनका शान्ता ढकाल ,बिष्णुमति नगर प्रहरी प्रभागका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै