टाेखालाइभ/ मंसिर १२, २०७८,
काठमाडौ । नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटीको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट अध्यक्षमा भाइनारायण श्रेष्ठलाई सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
बुढानिलकण्ठ -१३ चुनिखेलमा भएको नगर अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटी चयन गरिएको छ।
सर्वसम्मतमा घोषणा गरिएको सो कमिटीको उपाध्यक्ष- सुवास राई,शिव बजगाई , कमला गौतम र सचिवमा टिका नगरकोटी , सहसचिवमा महेन्द्र सुनार र कोषाध्यक्षमा हेमा अधिकारीलाई चयन गरेको छ ।

