• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • ९ मंसिर २०७८, बिहीबार ०७:११

    टोखाका समाजसेवी दिपेन्द्र श्रेष्ठलाई विद्यावारिधिको उपाधि

    टाेखालाइभ डट कम/ मंसीर ९,२०७८

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्ष समेत रहेका
    टोखा नगरपालिका निवासी समाजसेवी दिपेन्द्र श्रेष्ठले विद्यावारिधिको उपाधि प्राप्त गरेका छन। लामो समयदेखि सो क्षेत्रको सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका डा. श्रेष्ठले मेडिकल माइक्रोबायोलोजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरेका हुन्।

    न्हुज: पुस्तकालयका अध्यक्ष समेत रहेका दीपेन्द्र श्रेष्ठलाई गत जेठमा बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले
    बागमती प्रदेश सरकारको प्रादेशिक अस्पतालका रुपमा विस्तार भएको टोखा नगरपालिकाको टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र ५० शैया अस्पतालको डा. श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेका थिए । हाल डा. श्रेष्ठले त्रिभुवन विश्व विद्यालयबाट माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर गरेका हुन् ।

    नेकपा एमालेका महासचिव तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रमुख स्वकीय सचिव समेत रहेका डा.श्रेष्ठ लामो लामो समय देखि नेकपा एमालेमा सक्रिय रहदै आएका छन।

    टोखा नगरपालिकामा बिगत लामो समय देखि टोखा कला संस्कृति उत्थानमा महत्वपूर्ण भुमिका खेल्दै टाेखाको सांस्कृतिक र सामाजिक क्रियाकलापमा प्रत्यक्ष सहभागिता भै विभिन्न संघ संस्था मार्फत सक्रिय रहेका श्रेष्ठले हाल टोखा नगरपालिकाको स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै