नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर ५,२०७८
काठमाडौं /नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौं महानगरपालिकाको पहिलो प्रधानाध्यापक गोष्ठी आयोजित एक समारोह कार्यक्रम सम्पन्न भएको छ।
मंसिर ४ गते शनिबार श्री भानु माध्यमिक विद्यालय दरबार हाई स्कूल जमलमा भएको गोष्ठि कार्यक्रममा काठमाडौँ महानगरपालिकाका स्थानीय स्काउटका संयोजक बिमला श्रेष्ठको सभापतिमा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले नेपाल स्काउटको परिचय ,भूमिका, स्काउटको उद्देश्य र हालको संरचना हालका गतिविधि बारेमा केही समय फोटो फिचर देखाई कार्यक्रममा उपस्थित प्रधानाध्यापक लगायत सम्पूर्ण लाई नेपाल स्काउटको जानकारी दिएको थियो। स्काउटिङ्को मुख्य उद्देश्य नै किशोर किशोरीहरु तथा युवाहरूको व्यक्तिगत रुपमा पुर्न शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक क्षमताको विकास गरी स्थानीय स्काउट तथा अन्तर्राष्ट्रिय समुदायको उत्तरदायित्व सदस्य बन्न योग्य बनाउने र नेपाल स्काउट विश्व स्काउट संगठन वाग्स (WAGGGS) र वजम (WOSM) सँग आबद्ध रहेको पनि जानकारी दिनुभयो।
कार्यक्रमका अतिथि काठमाडौँ महानगरपालिका काठमाडौँ जिल्ला स्तरका प्रमुख शिक्षा विभागका प्रमुख राम प्रसाद सुवेदीले विद्यालयहरुमा स्काउट सञ्चालन गर्ने, विद्यालयमा स्काउट युनिर्फमको व्यवस्थापन गर्ने, काठमाडौंमा महानगरपालिका शिक्षा विभागको स्काउटको समिति अन्तर्गत स्काउट गतिविधि सञ्चालन गर्न ७० लाख रुपैयाँ महानगरपालिकाले प्रदान गरेको रकमले स्काउटका जति पनि क्रियाकलाप गतिविधिहरु छन् ती सबै का लागि यिनै रकम छुट्याइएको जानकारी दिनुभयो।
कार्यक्रमका सभापति विमला श्रेष्ठले १९०७ सालमा विश्वमा स्काउट स्थापना भएको र २००९ सालमा नेपालमा
स्काउटको स्थापना भएको जानकारी दिनुभएको थियो। स्काउटिङ्ग मानव जीवन माथि उठाउने एक शैक्षिक अभियान रहेको तथा बालबालिका युवा किशोर किशोरीहरुलाई कर्तव्य परायण संचरित्रवान सुयोग्य नागरिक बनाउनका साथै युवा किशोर किशोरीहरूको शारीरिक मानसिक र बौद्धिक विकासका लागि महत्वपूर्ण भूमिका नेपाल स्काउटले निर्वाह गर्दै आएको बताए।
कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेशका संयोजक केश रत्न ब्रजाचार्य लगायत स्काउटका अग्रज ब्यक्तित्वहरु नेपाल स्काउटका सुभचिन्तक अग्रज लिडरहरु को उपस्थिती रहेको थियो।




