टाेखालाइभ डट कम/ मंसिर २,२०७८
यहि मंसिर ११ गते हुने नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर अधिवेसनमा नेता दामोदर पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।
पौडेलले ३ पटक साविक चुनिखेल गाउँकमिटीको सचिव रहेर योगदान दिएका थिए । उनले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा नं ६ मा जनप्रतिनिधिको उम्मेदवार रहेका थिए। भने २०५६ साल फागुण १ गते तत्कालिन नेकपा माओवादीको सदस्यता लिएर आन्दोलनमा सहभागी उनि २०६३ सालमा नेकपा माओवादी निकट मजदुर संगठन इकाइको अध्यक्ष समेत रहिसकेका छन।
माओवादी केन्द्रको नगर अधिवेशन आउन १० दिन समय बाकि रहदा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पौडेलले नेकपा माओवादी बुढानिलकण्ठलाई शसक्त र जुझारु बनाउन आफुले नेतृत्वको दावी गरेका छन।
नेकपा गठन हुनुपूर्व नेकपा माओवादी केन्द्र काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेर सक्रिय रहेका पौडेल सहकारी क्षेत्र संग आवद्ध छन भने विभिन्न सामाजिक अभियानहरुमा पनि निकै क्रियासिल रहेका छन।

