• Sanu Raj Dangol

    • ३० कार्तिक २०७८, मंगलवार २३:२५

    टोखा नगरपालिकामा नगर स्मारिका बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

    सानुराज डंगोल/नविना श्रेष्ठ
    टाेखालाइभ डट कम /कात्तिक ३० ,२०७८

    काठमाडौं / टोखा नगरपालिकामा नगर स्मारिका बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।तर सार्वजनिक सुनुवाइ भने भएन। आज टोखा नगरपालिकाद्वारा सद्भाव बैक्वेटमा आयोजित नगर स्मारिका बिमोचन तथा सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि पुर्वउपप्रधानमन्त्री ,रक्षामन्त्री ,प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले पानसमा दिप प्रज्वलन सहित नगर स्मारिका बिमोचन गर्दै उद्घाटन गर्नुभयो।

    कार्यक्रम टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियोे ।

    नगर प्रमुख प्रकाश अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै दिगो विकासको अवधारणालाई अघि सारी ” ऐतिहासिक, सांस्कृतिक ,पर्यटकिय समृद्ध टाेखा नगर”को नारालाई आत्मसात गर्दै संघिय सरकार तथा बागमती प्रदेश सरकारले तय गरेको नीति तथा कार्यक्रम समेतलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समाहित गरिएको बताउनुभयो । नगरपालिकाले तय गरेको आर्थिक तथा सामाजिक विकास , कोरोना रोकथाम , नियन्त्रण तथा व्यवस्थापन , जनताको जिवनस्तर, आम्दानी र रोजगारी वृद्धि , स्थानीय श्रोत , साधन र सिपको अधिकतम प्रयोग , महिला , बालबालिका तथा लक्षित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्य, दिगो विकास वातावरणीय संरक्षण तथा सम्बर्द्धन , सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने कार्य जस्ता पक्षसंग सम्बन्धित नीति तथा कार्यक्रमहरुलाई सबै क्षेत्र , वर्ग, समुदायका माग तथा आवश्यकतालाई समेत विशेष ध्यान दिई कार्यन्वयन गरिएको नगर प्रमुख प्रकाश अधिकारीले स्पष्ट धारणा राख्नुभयो ।

    कार्यक्रममामा टाेखा नगरपालिकाद्वारा निर्मित हिजो, आज र भोलि नामक भिडियो डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियोे ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै टाेखानगर उप- प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगरपालिकाबाट सम्पादन हुने न्यायीक कार्यहरुलाई कानुनबमोजिम तथा व्यवस्थित र सहज बनाएको बताउदै सुशासन , विकास र समृद्धिको यात्रामा आम नगर वासीहरुलाई मेलमिलापको माध्यमबाट न्याय दिलाउने कार्यमा कटिबद्ध हुँदै निर्माण हुन बाकी कार्यविधिहरु निर्माण गरि न्यायीक समितिको कार्य सम्पादनलाई थप व्यवस्थित बनाउदै लगिएको बताइन् ।

     

    कार्यक्रममा टोखा नगरपालिकाले विसं २०७४ वैशाखदेखि
    जनप्रतिनिधि बहाल भएको ४ वर्षको कार्यकालमा हालसम्म नगरपालिकाभित्र विभिन्न माध्यामबाट सहयोग पुर्‍याउने सहयोगीदाता, उपभोक्ता समिति र कोरोना महामारीमा आर्थिक÷सामाग्री सहयोग गर्ने व्यक्ति एवं संस्था, कोरोना महामारीमा सहयोग गर्ने स्वयंसेवक, कोरोना महामारीमा प्लाज्मा दान गर्ने व्यक्ति, कोरोना महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, यस्तै नीति निर्माणमा सल्लाह दिने महानुभाव, नगरपालिकाभित्र सबैभन्दा बढी कर तिर्ने करदाता, योग साधनामार्फत स्वास्थ्य सेवा प्रदान गर्ने योग साधकहरु, टोखाका चाकु उत्पादक, मनोपरामर्शदाता , बाजा खल:का सांस्कृतिक गुरुहरु, साहित्यकार , पत्रकार र प्रत्यक्ष एवं अप्रत्यक्ष्यरुपमा टोखालाई सहयोग पु¥याउने १५ सय व्यक्तिलाई सम्मान गरिएको थियोे ।

    कार्यक्रममा चर्चित लोक दोहरी गायक बद्री पंगेनी, खुमन अधिकारी ,देवि घर्ती र सृष्टि पुनले टाेखासंग सम्बन्धित रहेर सन्देशमुलक गित पस्केका थिए।

    नगर स्मारिका बिमोचन तथा सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइलाई सम्बोधन पुर्व उपप्रधानमन्त्रीप्रतिनिधि  सभा सदस्य ईश्वर पोखरेलले टोखा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सबैको सहभागी रहनु पर्ने बताउदै
    टोखामा राजनीति दलले गरेको कार्यक्रम बहिष्कारबारे पोखरेलले भने यो चुनावी कार्यक्रम नभई नगरपालिकाको कार्यक्रम भएको बताए । जुन राजनीति दलले देशलाई सुखि समृद्धिको लागि अघि बढन सक्छ र जसले आर्थिक विकास रोजगारी आर्थिक क्रियाकलापमा सहभागी कसरी गराउने? उत्पादनसंग कसरी जोड्ने ? सीप आत्म निर्भर कसरी बनाउने ? बहुभाषिक बहु सांस्कृतिक , धार्मिक सबैधानिक सुनिश्चितता भएको स्थानीय स्तरमा अब आउने साथीहरूले पनि यस्तै महत्त्वपूर्ण काम जस्ले गर्छ त्यसले नै नेतृत्व गर्छ र जनताको केन्द्रविन्दुमा राखेर जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताउनुभयो ।

     

    टोखा नगरपालिकामा नगर स्मारिका बिमोचन तथा सम्मानको मधुसूदन मिश्रले कार्यक्रम संचालन गर्नुभएको थियोे ।कार्यक्रममा काठमाडौं जिल्ला कमिटी सचिव सदस्य तथा बागमती प्रदेश सभा सदस्य दिपक निरौला, टाेखा नगर प्रमुख प्रकाश अधिकारी, टाेखा नगर उप -प्रमुख ज्ञानमाया डंगोल,
    प्रतिनिधि सभा सदस्य राधा ज्ञवाली ,टोखा नगरपालिका प्रशासकिय अधिकृत प्रकाश आचार्य , शिक्षा शाखा प्रमुख बाबुराम गौतम , स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल, सहकारी प्रमुख कल्पना कार्की , कृषि शाखा प्रमुख सुमित्रा पाठक, बागमती प्रदेश कमिटी सदस्य नारायणभाइ श्रेष्ठ ,बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्घव खड्का , तार्केश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा , टाेखा वडा १ का अध्यक्ष श्रीकृष्ण अधिकारी , टाेखा वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टाेखा वडा ५ का अध्यक्ष जगन्नाथ ढकाल ,टाेखा वडा ७ का अध्यक्ष नरोत्तम राना,टाेखा वडा १० का अध्यक्ष मधुसूदन पाण्डे , नगर प्रवक्ता बच्चुराज बस्याल लगायत कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे भने स्थानीय राजनितीक दलको सहभागीता थिएन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै