• Sanu Raj Dangol

    • २६ कार्तिक २०७८, शुक्रबार २१:४५

    नेपालभाषा आन्दोलनका अथक योद्धा पद्मरत्न तुलाधरको तेस्रो स्मृति दिवस मनाइयो

    टाेखालाइभ डट कम/ कार्तिक २६ ,२०७८
    काठमाडौं /नेपालभाषा आन्दोलनका अथक योद्धा एवं वरिष्ठ मानवाधिकारवादी नेता स्व .पद्मरत्न तुलाधरको तेस्रो स्मृति दिवस मनाएको छ।

    न्हुज: खल:का अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खल: का उपाध्यक्ष राजकाजी डंगोल स्वागत मन्तव्य राख्नुभएको थियो ।

    आज दिउँसो २ बजे राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा न्हुज: खल:ले आयोजना गरेको स्व .पद्मरत्न तुलाधरको तेस्रो स्मृति दिवसमा नेपालभाषा आन्दोलनका शिखर व्यक्तित्व तथा नेपाली वामपन्थी नेताको स्मरणमा प्रमुख अतिथि नेकपा एमाले महासचिव एवं पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्व. तुलाधरको तस्वीरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

    स्व .पद्मरत्न तुलाधरको तेस्रो स्मृति दिवस स्मरण गर्दै
    नेकपा एमाले महासचिव एवं पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल भाषा र संस्कृतीमा स्व.तुलाधरले महत्वपुर्ण योगदान पु¥याएको र भाषिक अधिकारको निम्ती मरिमेटेको बताए । उहाँको राजनीतिक र सामाजिक योगदानको चर्चा गर्दै उहाँलाई सम्झिरहदा उहाँ लोकतान्त्रिक प्रगतिशील आन्दोलनका एउटा पथ प्रदर्शक भएको बताउनुभयो। उहाँ निरंकुशताको विरुद्धमा ,भाषिक स्वतन्त्रता भाषिक स्वाधीनताको पक्षमा र जनताको न्यायपुर्ण आन्दोलनका पक्षमा हुनुहुन्थ्यो । उहाँ नेपालका सबै जातीका जनताको एकताको पक्षमा भएको बताउदै वास्तवमा कहिँ पनि हुने शोषण उत्पीडन भेदभावको विरुद्ध सधै लडिरहनुहन्थ्यो, उहाँसंग गासिएको ती चिजहरु कहिले पनि बिर्सन नसकिने बताउदै अग्रगामी परिवर्तनका अभियानमा तुलाधरको योगदानको कदर गर्नुपर्ने बताए ।

    पद्मरत्न तुलाधर राष्ट्रिय प्रतिस्ठानका उपाध्यक्ष प्रा.डा चुन्दा बज्राचार्यले पञ्चायतकालमा भाषाको दमन हुँदा समानताको आन्दोलनमा तुलाधरको महत्वपुर्ण योगदान रहेको औल्याउदै अहिले ग्रामिण भेगहरुका विद्यालयमा स्थानिय भाषाको सट्टा अंग्रेजी र कम्प्युटर विषयको पढाई भइरहेको पाईएकोले स्थानिय भाषालाईनै प्राथमिकता दिएर पढाउन दवाव दिनुपर्ने बताइन् ।

    विशिस्ट अतिथि टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगोलले उहाँको राजनीतिक र सामाजिक योगदानको चर्चा गर्दै तत्कालीन काठमाडौं क्षेत्र न ३ मा पद्मरत्न तुलाधरको पालामा उहाँलाई जिताउन एक कलाकार भै गित संगितकै माध्यमबाट
    उहाँलाई सुर्य चिन्ह जिताउन लागि परेको बताइन् ।

    नेवा: दे दबुका अध्यक्ष नरेश ताम्राकारले पद्मरत्न तुलाधर व्यक्ति होईन एउटा विचार भएको बताए ।नेपाल संवत् लाई   राष्ट्रिय संवत् बनाउन अथक योगदान दिने अगुवा नेवा: आन्दोलनका एक चिराग भएको बताए। बहु आयामिक ब्यक्तित्व पद्मरत्न तुलाधरले उठाएका बिभिन्न बिषयलाई पुरा गर्दै लानुपर्ने बताउदै न्हुज :खल टाेखाले यस्तो कार्यक्रम निरन्तर आयोजना गरिराख्नुपर्ने बताए ।

    नेवा: गूथि टाेखाका अध्यक्ष रमेश नापितले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    न्हुज: खल:का सचिब विकास डंगोलले संचालन गर्नुभएको कार्यक्रममा खल:का अध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रम समापनका क्रममा न्हुज खल: स्व पद्मरत्न तुलाधरले नै स्थापना गरेको स्मरण गर्दै एक सन्तानको रुपमा हुर्काइरहेको बताए ।

    स्व .पद्मरत्न तुलाधरको तेस्रो स्मृति दिवसमा नेवा: गूथि टाेखाका महासचिव हेराकाजी महर्जन ,नेवा: गूथि टाेखाका सल्लाहकार अष्ट नारायण डंगोल , नेवा: गूथि टाेखाका पुर्व उपाध्यक्ष सत्यनारायण डंगोल , नन्द लाल श्रेष्ठ ,मुलनायो हेमराज श्रेष्ठ , नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य राधेश्याम श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,रास्ट्रमान श्रेष्ठ , बालप्रेमि खेलकुद मण्डलका अध्यक्ष रमेश डंगोल ,झिगु संस्थाका रुद्रमान श्रेष्ठ
    टाेखा वडा ६ सदस्य चन्द्र श्रेष्ठ लगायत विभिन्न राजनीतिक दल , समाजसेवि , संस्कृति प्रेमी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै