• TOKHA LIVE

      TOKHA LIVE

    • २६ कार्तिक २०७८, शुक्रबार ११:२५

    नेकपा एमाले काठमाण्डौ-४ मा करिव दुई दर्जन महाधिवेसन प्रतिनिधिको दौडमा,को को बन्दैछन ?

    टाेखा लाइभ/कार्तिक २६,काठमाडौं

    नेकपा एमालेको दशौ महाधिवेसनका लागि प्रतिनिधि छनौट प्रक्रिया कार्तिक २७ गते एकै दिन हुदैछ।
    काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा मिलेर बनेको काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा सबै भन्दा बढी बुढानिलकण्ठ नगरपालिकाका वडाहरु रहेका छन।

    आज बस्ने क्षेत्रीय कमिटिको बैठकले महाधिवेसन प्रतिनिधि छनौट प्रकिया र निर्वाचन कार्यतालिका निर्धारण गर्ने जानकारी दिदै एक क्षेत्रीय सदस्यले सहमतिमा सर्वसम्मत प्रतिनिधि छनौट हुने विस्वास व्यक्त गरेका छन ।

    विभिन्न मुद्दा र योजना सहित दावी गरेका आकांक्षीहरुको आवाज र मतलाई सम्मान गर्दै काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेलाई थप मजबुत बनाउदै केन्द्रमा समेत आवाज उठाउन सक्ने प्रतिनिधि छनौट हुने बताउदै उनले अन्तिम नतिजा कार्तिक २७ गते आउने जानकारी दिएका छन।

    विगतमा भन्दा फरक जिम्मेवारी पाउने महाधिवेसन प्रतिनिधिका लागि काठमाण्डौ क्षेत्र नं ४ मा आकांक्षीहरुको ठुलो शंख्या देखिएको छ।

    को को बन्दैछन महाधिवेसन प्रतिनिधि ?
    कुन वडाबाट को को दावेदार ?

    काठमाण्डौ महानगरपालिका वडा नं १ : निर्मला खड्का ( चर्चामा )

    काठमाण्डौ महानगरपालिका वडा नं : शिव भट्टराई ( चर्चामा ) ,अन्जु शर्मा,सरस्वती कार्की ,शुभद्रा न्यौपाने

    काठमाण्डौ महानगरपालिका वडा नं ८: निर्मल कुइकेल र निर्मल देउला ( चर्चामा )

    काठमाण्डौ महानगरपालिका वडा नं ३० : तेज ढकाल ( चर्चामा )

    बुढानिलकण्ठ नगरपालिका वडा नं १ : हालसम्म दावी छैन

    बुढानिलकण्ठ नगरपालिका वडा नं २ : उद्दव खरेल ( चर्चामा ) र विदुर विक्रम खड्का

    बुढानिलकण्ठ नगरपालिका वडा नं ८ : सुमन तामाङ्ग ( जनजाती कोटा भएमा ) र दुर्गा थापा

    बुढानिलकण्ठ नगरपालिका वडा नं ९ : गोविन्द कटवाल ( चर्चामा )

    बुढानिलकण्ठ नगरपालिका वडा नं १० : लक्ष्मी संग्रौला ,रमा राई ,धुर्व भट्टराई ,नवराज भट्टराई,रामप्रसाद चौलागाई, राजन पोखरेल ( चर्चामा ) र विन्दा गौतम ( चर्चामा )

    बुढानिलकण्ठ नगरपालिका वडा नं ११ : संगम गहतराज ,राजु अधिकारी र कन्चन बास्तोला

    बुढानिलकण्ठ नगरपालिका वडा नं १२ : पुन्यराज पुडासैनी

    बुढानिलकण्ठ नगरपालिका वडा नं १३ : श्रीकृष्ण श्रेष्ठ

    को को बन्दैछन प्रतिनिधि ?

    काठमाण्डौ क्षेत्र नं ४ मा हाल २२ जनामा केहिको नाम चर्चामा रहेको छ भने अधिकांशले विभिन्न कार्यक्रम ,संचार माध्यम र सामाजिक संजालबाट आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन।

    हाल सम्म काठमाण्डौ क्षेत्र नं ४ ले प्रतिनिधि छनौटको प्रक्रिया शुरु गरि नसकेकोले अझै दावेदारहरु बढ्ने देखिन्छ। यस क्षेत्रमा महाधिवेसन प्रतिनिधिमा धेरै आकांक्षी र दावेदारहरु देखिएकोले क्षेत्रले सहमतिको प्रयासका लागि हाल सम्म निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छैन।

    काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि छनौट काठमाण्डौ महानगरपालिका वडा नं ७ मित्रपार्कमा रहेको गोल्डेन लाइट पार्टी प्यालेसमा हुनेछ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै