टाेखालाइभ डट कम/ कार्तिक २५ ,२०७८
काठमाडौं /नेपालभाषा आन्दोलनका अथक योद्धा एवं वरिष्ठ मानवाधिकारवादी नेता स्व .पद्मरत्न तुलाधरको सम्झनामा तेस्रो स्मृति दिवस मनाइने भएको छ।
न्हुज: खल: नयाँ किरण समुह टाेखाको आयोजनामा भोलि कार्तिक २६ गते शुक्रबार दिउँसो २ बजे यल्लो प्यागोडा होटेल जमलमा हुने स्मृति सभामा प्रमुख अतिथि नेकपा एमाले महासचिव एवं पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने आयोजक न्हुज: खल: का अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।
वरिष्ठ मानवाधिकारवादी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको तेस्रो स्मृति दिवसका अवसरमा ” नेपालभाषा श्रीवृद्धिका लागी स्व.पद्मरत्न तुलाधरको योगदान “विषयक विचार गोष्ठी सभा समेत हुने बताउदै आयोजक न्हुज: खल का अध्यक्ष दीपेन्द्र श्रेष्ठले स्व. पद्मरत्न तुलाधर प्रति श्रद्धाञ्जली अर्पण गर्नुहुन विभिन्न राजनीति दल, सामाजिक अभियन्ता, संस्कृति प्रेमी , संघसंस्थाहरुमा उपस्थितिको लागि अनुरोध गर्नुभयो।

