• TOKHA LIVE

    • २५ कार्तिक २०७८, बिहीबार ०८:१६

    काठमाण्डौ क्षेत्र नं ५ बाट महाधिवेसन प्रतिनिधिमा नगर अध्यक्ष प्रदिप डंगोलको दावी

    टाेखालाइभ/कार्तिक २५,२०७८

    काठमाडौं /नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ बाट दशौ महाधिवेसनमा प्रतिनिधिका लागि बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले दावी गरेका छन।

    कार्तिक ९ गते भएको नगर अधिवेसनबाट बुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएका डंगोलले २७ गते हुने महाधिवेसन प्रतिनिधि छनौटमा आफ्नो दावी रहने बताएका छन।

    वडा सक्रिय दल हुदै नेकपा एमालेका विभिन्न कमिटीहरुमा करिव ३ दशक सक्रिय रहेका डंगोल सामाजिक सेवाको क्षेत्रमा पनि परिचित रहेका छन।

     

    गैर सरकारी संस्था महासंघ काठमाण्डौको अध्यक्ष रहेका डंगोलले जनता र कार्यकर्ता संग पहिलो लहरमा सम्पर्क हुने स्थानीय कमिटीहरुको आवाज केन्द्रिय मंचमा सुनाउन आफ्नो उम्मेदवारी रहने बताउदै सहयोगका लागि सबैलाई आग्रह गरेका छन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै