• Sanu Raj Dangol

    • २४ कार्तिक २०७८, बुधबार १९:२४

    टाेखागेट देखि सरस्वती मावि सम्मको पक्की बाटो ढलान कार्य सम्पन्न (फाेटाे फिचर )

    टाेखालाइभ डट कम/कार्तिक २४ , काठमाडौं

    टोखा नगरपालिका वडा ३ अन्तर्गत टाेखा मुल प्रवेशद्वारको टाेखा गेट देखि सरस्वती मावि सम्मको पक्की बाटो ढलान कार्य सम्पन्न भएको छ।

    टाेखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका वडा ३ को समन्वयमा टाेखा गेट देखि सरस्वती मावि सम्म जोडिने पक्की सडक बाटो ढलान भएको हो।

    उक्त पक्की बाटो सडक निर्माणको अनुगमनको लागि टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी ,टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल , टोखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ , वडा सदस्य हरिमान श्रेष्ठ सहित जनप्रतिनिधिहरु लगायत उपभोक्ता समितिको उपस्थिति रहेको थियो।

    बाटो निर्माणका लागि उपभोक्ता समितिमा
    सस्खेल टाेल विकास संस्थाले टोखा नगरपालिकामा सम्झौता गरी खानेपानी, ढल निकास तथा विविध पूर्वाधारहरुलाई मध्यनजर गरि ढुङ्गा र रडहरु बिछ्याइ पक्की सडक बाटो निर्माण कार्य सम्पन्न गरेको  हो।

    टोखा नगरपालिका वडा ३ को बजेट सहयोगमा सम्पन्न भएको उक्त आयोजनाको सम्झौता रकम रु.१५६३५२६.१४ रहेको र उक्त ५ मिटर चौडाई, २५० मिटर लम्बाई रहेको उक्त आयोजनाबाट २८००/३००० जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ।

    साथै उक्त बाटोमा टाेखा नगरपालिकाको रु. १४,००,००० र स्थानिय जनश्रमदानबाट रु. १६३,५२६.१४ बराबरको सहयोगमा बाटो निर्माण सम्पन्न भएको हो ।

    ईन्जिनियर शान्ता काजी श्रेष्ठ रहेको उक्त पक्कि ढलान  सडकको ठेक्काको सम्झौता मिति २०७८/०६/०८ रहेको थियो भने २०७८/०९/०९ गते सम्पन्न गरिसक्नु पर्ने भए पनि पक्की बाटो ढलान कार्यको समय अगावै सम्पन्न भएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै