• TOKHA LIVE

    • २४ कार्तिक २०७८, बुधबार १०:४२

    सुरु हुने भयो यस वर्ष बुढानिलकण्ठमा हरिबोधनी एकादशी मेला

    टाेखालाइभ/ कार्तिक २४,काठमाडौं

    बुढानिलकण्ठ नगरपालिकामा रहेको काठमाण्डौ उपत्यकाकै प्रमुख मध्ये एक मानिने महत्वपूर्ण स्थल धार्मिक सम्पदा बोकेको बुढानिलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलाको तयारी शुरु गरिएको छ।

    यहि साता कार्तिक २७ गते देखि सुरु भएर मंसिर ३ गते सम्म हुने सो मेलाको बुढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समिति मार्फत छलफलले तयारी र व्यवस्थापनका लागि भएको विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ।

    शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृंखलाको काखमा रहेको पवित्र बुढानिलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको मेला कोरोना प्रकोपका कारण रोकिएपनि यस वर्ष संचालन गर्नका लागि नौ उपसमितिहरु निर्माण गरिएको हो ।

    बुढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काको संयोजकत्वमा मूल व्यवस्थापन समिती गठन गरेको भेलाले निम्न उपसमितिहरु र संयोजक चयन गरेको छ ।

    उपसमितिहरु :

    १. पुजा ब्यवस्थापन: संयाेजक कल्पना ठकुरी

    २. यातायात ब्यवस्थापन: संयाेजक गाेपाल कार्की

    ३. शान्ति सुरक्षा ब्यवस्थापन : संयाेजक बूढानीलकण्ठ प्रहरी प्रभाग

    ४. स्वास्थ्य ब्यवस्थापन: संयाेजक स्वास्थ्य चाैकी

    ५. आर्थिक, बजार ब्यवस्थापन एवं जुत्ता चप्पल संयाेजक: हरिचन्द्र श्रेष्ठ

    ६. सुपरिवक्षण ब्यवस्थापन :बिकास तामाङ

    ७. स्वयंसेवक ब्यवस्थापन: कृष्ण प्र भण्डारी

    ८. फाेहाेर मैला ब्यवस्थापन: संयाेजक माधव श्रेष्ठ

    ९. प्रचार प्रसार एवं सिङ्गार पटार : मूल व्यवस्थापन समिती

    फाेटाे सौजन्य / कपन अनलाइन

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै