• Sanu Raj Dangol

    • २४ कार्तिक २०७८, बुधबार ०८:३२

    टोखा नगरपालिकाले सहयोगी संघसंस्थालाई सम्मान गर्ने

    टाेखा लाइभ/कात्तिक २४, काठमाडौं ।

    टोखा नगरपालिकाले नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग पुर्याउने सहयोगीदातालाई एक भव्य कार्यक्रमका बिच सम्मान गर्ने भएको छ ।काठमाडौँको उत्तरी प्रवेश द्वारको एक महत्त्वपूर्ण सांस्कृतिक धरोहर क्षेत्र टोखाले विसं २०७४ वैशाखदेखि हालसम्म टाेखा नगरपालिकाभित्र विभिन्न माध्यामबाट सहयोग पुर्‍याउने सहयोगीदातालाई सम्मान गर्न लागिएको हो ।

    टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा जनप्रतिनिधि बहाल भएको ४ वर्षको कार्यकालमा हालसम्मको समग्र क्रियाकलाप तथा प्रगतिको अवस्था झल्कने ‘नगरको संस्करण पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाइ एवं सहयोगीदातालाई सम्मान’ गर्न लागिएको जानकारी दिए ।

    टोखाले नगरपालिकाभित्रका उपभोक्ता समिति र उपभोक्ता समितिको पदाधिकारीको नामावली (पदसहित), कोरोना महामारीमा आर्थिक÷सामाग्री सहयोग गर्ने व्यक्ति एवं संस्था, कोरोना महामारीमा सहयोग गर्ने स्वयंसेवक, कोरोना महामारीमा प्लाज्मा दान गर्ने व्यक्ति, कोरोना महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्न लागेको हो ।

    यस्तै, नीति निर्माणमा सल्लाह दिने महानुभाव, नगरपालिकाभित्र सबैभन्दा बढी कर तिर्ने करदाता, योग साधनामार्फत स्वास्थ्य सेवा प्रदान गर्ने योग साधकहरु, टोखाका चाकु उत्पादक, मनोपरामर्शदाता र प्रतक्ष्य एवं अप्रतक्ष्यरुपमा टोखालाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गर्न लागिएको नगरपमुख अधिकारीले बताए ।

    टोखाले सम्मानका लागि योग्य व्यक्ति एवं संस्थालाई आफ्नो विवरण कात्तिक २३ गतेभित्र नगरपालिकामा उपलब्ध गराउन सबैलाई आग्रहसमेत गरेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै