• TOKHA LIVE

    • २३ कार्तिक २०७८, मंगलवार ११:००

    काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा लड्ने युवा नेता पुन्यराज पुडासैनीको घोषणा

    टाेखालाइभ डट कम/ कात्तिक २३,२०७८

    काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा लड्ने युवा नेता पुन्यराज पुडासैनीले दशौ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा गरेका छन।

    यहि साता कार्तिक २७ गते हुने प्रतिनिधि छनौटमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै पुडासैनीले काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको गौरवपूर्ण इतिहास फर्काउन आफ्नो उम्मेदवारी रहेको बताएका छन। काठमाण्डौ क्षेत्र नं ४ मा लगातर तिन पटक भोगेको पराजयलाई उल्टाउन शशक्त युवा नेतृत्व र जुझारु नीति आवस्यक रहेको भन्दै उनले अग्रजहरुका लागि सम्मानित स्थान र युवाहरुका लागि उचित अवसर भन्ने नारा लिएर मैदानमा उत्रिने धारणा राखेका छन।

    २०५२ शालमा तत्कालिन प्रजातान्त्रिक रास्ट्रिय युवा संघ नेपाल बाट औपचारिक राजनीतिक यात्रा शुरु गरेका उनले तिन पटक काठमाण्डौ क्षेत्र नं ४ को सदस्य रहेर विभिन्न जिम्मेवारी पुरा गरेका छन। हाल नेपाल खेलकुद महासंघको स्थायी कमिटी सदस्य समेत रहेका पुडासैनीले यस अघि युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग,बुढानिलकण्ठ नगर कमिटी सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने २०७४ शालको स्थानीय र संघीय निर्वाचनमा प्रचार प्रसार समितिको सचिवका रुपमा जिम्मेवारी बहन गरेका थिए।

    काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई पराजित गर्नका लागि हाल सम्म अवलम्बन गर्दै आएको नीति ,विधि ,शैली ,सोच र तरिकामा व्यापक परिवर्तन गर्नुपर्ने आवाज निरन्तर उठाउदै आएका उनले महाधिवेसन प्रतिनिधिमा सहयोग गर्नका लागि सबैमा अनुरोध समेत गरेका छन।

    काठमाण्डौ क्षेत्र नं ४ युवा संघका पुर्व सचिव समेत रहेका उनले २०७४ सालको संघीय निर्वाचनमा उम्मेदवार रहेका डा. राजन भट्टराईको प्रेस संयोजकको रुपमा जिम्मेवारी बहन गरेका थिए भने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका निर्वाचन परिचालन कमिटीको सचिवालय रहेर नेकपा एमालेको प्रचार अभियानको कमाण्ड सम्हालेका थिए

    Facebook Comments

    छुटाउनुभयो कि? सबै