टाेखालाइभ डट कम /कार्तिक १४,२०७८
जेष्ठ नागरिक, एकल महिला र भिन्नरुपले सक्षम मानवहरुको आदर र सम्मान गरौं , समाज उत्थानमा उहाँहरुको योगदानबाट उत्प्रेरित होऔं। भन्ने मुलनाराका साथ आज टोखा नगरपालिका वडा नंं २ मा जेष्ठ नागरिक, एकल महिला र
भिन्न रुपले सक्षम मानवलाई सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

टोखा नगरपालिका वडा नंं २ को आयोजना तथा टाेखा नगरपालिकाको विशेष सहयोगमा सम्पन्न भएको न्यानो कपडा वितरण कार्यक्रमको सभापतित्व टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशीले गर्नु भएको थियो ।
जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानवहरुको सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
टोखा नगरपालिका वडा नंं २ को कार्यालयमा भएको कार्यक्रममा ३२८ जना जेष्ठ नागरिक, एकल महिला र
भिन्न रुपले सक्षम मानवहरुलाई कोरिएन फाइबरको सिरक वितरण गरिएको हो ।

कार्यक्रममा टाेखा नगरपालिका वडा २ का सदस्य हेराकाजी महर्जनले जेष्ठ नागरिक, एकल महिला र भिन्नरुपले सक्षम मानव भनेका शिर , शोभा र प्रेरणा भएको बताउदै वहाँहरुको प्रेरणाले नै आफूहरुको उत्साह जागेको बताउनुभयो । व्यस्त समयको ख्याल गर्दै कार्यक्रम उत्साह जनक सहभागी आमाबुबाहरु प्रती स्वागत गर्दै उहाँहरुको माया ममता साथ सहयोग सधैं नै रहिरहने अपेक्षा सहित जेष्ठ नागरिक आमाबुबाहरु प्रती हार्दिक सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि टाेखा नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश आचार्यले टाेखा नगरपालिकाले विभिन्न खाले विकास निर्माणका गतिविधिहरु संगसंगै सामाजिक क्षेत्रमा पनि थुप्रै कार्य गर्दै आइरहेको बताउदै जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानवहरुलाई सम्मान कार्यक्रम टाेखा नगरपालिकाको ११ वटै वडामा भैरहेको जानकारी दिनुभयो । जाडाे बढ्दै गैरहेको बेला जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा स्वरुप सिरक वितरण त्यस माथि जाडाेको शुरुमै भएको हिसाबले एकदमै उपयुक्त र फलदायी भएको बताउनुभयो। यस कार्यक्रमबाट खुशी लागेको भन्दै नगर प्रशासकिय अधिकृत प्रकाश आचार्यले वडालाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले जेष्ठ नागरिक आमाबुबाहरु भनेकै टाेखा नगरपालिकाको सम्पत्ति हो , भगवान हो ।”_भन्नुभयो ।
हामीले मन्दिरमा स्थापना गरेका नबोल्ने देवता लाई पुजा गर्छौ । जेष्ठ नागरिक आमाबुबाहरुलाई भगवान सरह पुजा प्रार्थना गर्नुपर्ने हो, भगवान भनेका आमाबाबु नै हुन् । त्यसकारणले आमाबुबा जहिल्यै पनि घरमा छोरा बुहारीले खुशीका साथ राख्ने वातावरण मिलोस् भन्दै सहभागी सम्पुर्ण जेष्ठ नागरिक आमाबुबाहरु प्रती स्वास्थ्य लाभको कामना गर्दै आउदै गरेको नेपाल संवत् न्हुदंया भिन्तुनाको शुभकामना दिनुभयो ।

टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक राज जोशीले जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानवमा अनुहारमा खुशी ल्याउन स्थानीय सरकार आएपछि वर्षै पिच्छे टोखा वडा नं. २ ले जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएको बताउदै पूर्ण अशक्त र अपांगहरुको हकमा घर दैलो कार्यक्रम समेत हुने जानकारी दिनुभयो ।वडा नं. २ का अध्यक्ष दिपक राज जोशीले यस कार्यक्रमले पछिल्ला पिढीले पनि जेष्ठ नागरिक, एकल महिला र भिन्न रुपले सक्षम मानव सम्मान गर्नूपर्छ भन्ने सन्देश दिनका लागि पनि आफुले यस्ता कार्यक्रमलाई बाँकी कार्यकालमा पनि निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रम संचालिका वडा सदस्य पञ्च कुमारी श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोल,टाेखा नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश आचार्य,टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक राज जोशी, वडा सदस्य प्रेमकृष्ण खड्गी , वडा सदस्य हेराकाजी महर्जन , वडा सदस्य प्रतिमा हिङमाङ, र पत्रकार लगायत
वडा नं. २ का कार्यालय कर्मचारीहरुको उपस्थिति रहेको थियो।


