• TOKHA LIVE

    • ११ कार्तिक २०७८, बिहीबार २०:१३

    नेपाल कम्युनिस्ट पार्टी एमाले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा प्रदिप डंगोल चयन

    टाेखालाइभ / कात्तिक ११ ,२०७८

    काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी एमाले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा प्रदिप डंगोल सर्वसम्मत निर्वाचित भएका छन। मंगलबार बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेस भेटघाट चोकमा नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिब इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको नगर अधिवेसनले प्रदिप डंगोललाइ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।त्यस्तै अधिवेसनले नगर कमिटीको नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका अन्य पदाधिकारीहरुमा
    उपाध्यक्ष – शम्भु भट्टराई, बूनपा १२ वडा,सचिव – श्रीकृष्ण श्रेष्ठ, बूनपा १३ वडा,उपसचिव– धोर्जे तामाङ, बूनपा ५ वडा
    उपसचिव– सुनिता गुरूङ्ग, बूनपा ११ वडाका लाई निर्वाचित गरेको सो अधिवेसनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरिएको प्रथम नगर अधिवेशनमा राति ढिलो गरी सर्वसम्मतिमा अधिवेशन सम्पन्न भएको हो। आगामी ३ वर्षको लागि निर्वाचित कमिटीले आउँदै गरेको स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टी उम्मेद्वारलाई जिताउने मुख्य कार्यभार रहेको छ।

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराई ,नेकपा एमाले काठमाडौं जिल्ला सचिव दिपक निरौला, जिल्ला कमिटि सदस्य तथा कार्यलय सचिब बिदुर बिक्रम खड्का, जिल्ला कमिटि सदस्य तथा क्षेत्रीय संयोजक तेज ढकाल लगायत लगायतको उपस्थितिमा भएको बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो ।फाेटाे सौजन्य /कपन अनलाइन

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै