• Sanu Raj Dangol

    • १० कार्तिक २०७८, बुधबार ०८:४३

    नेकपा एमाले टोखा नगर कमिटीको अध्यक्षमा सत्यनारायण डंगोल सर्वसम्मत चयन

    सानुराज डंगोल/सोनी डंगोल
    टाेखालाइभ डट कम /कात्तिक १० ,२०७८

    काठमाडौं / नेकपा एमाले टोखा नगर कमिटीको अध्यक्षमा सत्यनारायण डंगोल सर्वसम्मत चयन भएका छन्। मंगलबार टाेखा नगर अधिवेसनको टाेखा नगरपालिका वडा नं ३ मा रहेको सद्भाव बैक्वेटमा नेकपा एमाले टोखा नगर कमिटीको प्रथम अधिवेशनका प्रमुख अतिथि पार्टी महासचिव ,पुर्व प्रधानमन्त्री क.ईश्वर पोखेरलले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे ।

    नेकपा एमाले टोखा नगर कमिटीको प्रथम अधिवेशनले सत्यनारायण डंगोललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।उपाध्यक्षमा नरोत्तम राना, सचिव बच्चु बस्याल, उपसचिव राकेस सिं, उपसचिव कल्पना घिमिरे र कार्यालय सचिवमा रामकुमार अधिकारी लगायत ७ पदाधिकारी सहित ७५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएका हुन ।

    त्यस्तै सदस्यहरुमा नारायण श्रेष्ठ, श्रीकृष्ण अधिकारी, शेरबहादुर तामाङ, रमेशकुमार विडारी, शालिकराम विडारी, राष्ट्रमान श्रेष्ठ, श्रीमाया डंगोल, संगीता महर्जन, नवीन श्रेष्ठ, धर्मेन्द्र श्रेष्ठ, बेखानारायण डंगोल, रमेश डंगोल, कृष्णप्रसाद रिमाल, सुरज महर्जन, विशाल डंगोल, यशोदा पौडेल थापा, नानीमाया श्रेष्ठ, धर्मेन्द्र श्रेष्ठ, मधुकर श्रेष्ठ, कान्छा श्रेष्ठ, सदन खत्री, पशुपति खड्का, काजी थापा मगर, पार्वती अधिकारी, गीता श्रेष्ठ, जगन्नाथ ढकाल, प्रेमकुमार सुनुवार, रामबहादुर लामा, महेश विष्ट, रत्नमान श्रेष्ठ, भगवान केसी, चन्द्रप्रकाश श्रेष्ठ, सञ्जीव सुनुवार, रमा शर्मा, मञ्जु शर्मा, भानु दाहाल (प्रस्तावित), गोपीकृष्ण पाठक, अनिता कुँवर, उर्मिला बिक, लिला भुजेल, सानुराज बस्नेत, विरचक्र थापा मगर, लक्ष्मण पौडेल, टेकबहादुर थापा, मनु थापा, कमला पाण्डे, शोभा तामाङ, पार्वती सिलवाल, निर्मला लोहनी, भेषराज भट्टराई प्रकाश, जगतमाया महर्जन, पूर्ण प्रजापति, हर्ष महर्जन, नवीन महर्जन, सिर्जना ढकाल, इन्दु श्रेष्ठ, मिना सिवाकोटी, सन्तोष कुँवर, रेणु अधिकारी, रिदेशलाल सिं महर्जन, नन्दलाल अधिकारी, युक्त गिरी, पवित्रा अधिकारी, दिनेश प्रसाईँ , विनोद काफले,कविता कुमारी गौतम, सोनु राई र विष्णुदेवी शर्मा निर्विरोध चयन भएका हुन।

    नेकपा एमाले टोखा नगर कमिटीको प्रथम अधिवेशन सत्यनारायण डंगोलको अध्यक्ष्यता सम्पन्न भएको थियोे । कार्यक्रममा टाेखा नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा राष्ट्रको सम्मानमा राष्ट्रिय गान,अन्तर्राष्ट्रिय गान पछि ज्ञातअज्ञात वीर सहिदहरुको सम्मानमा १ मिनेट मौन धारण गरेको थियो ।

    टोखा नगर कमिटीको प्रथम अधिवेशनमा शुभकामना मन्तव्य राख्दै काठमाडौं जिल्ला कमिटी सचिव सदस्य तथा बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले विगतका केही अनुभवहरुलाई आत्मसात गर्दै यस पटक यो अधिवेशन सर्वसम्मत गर्न गइरहेको बताउदै स्थानीय देखी केन्द्रिय तह सम्म नेतृत्वका लागि सर्वसम्मत गर्ने प्रक्रियामा अगाडि बढिरहेको बताउनुभयो । त्यस्कारले नेतृत्व सर्वसम्मत चाहन्छौं , विवादित नेतृत्व चाहदैन भन्देखी आज यो टाेखा नगरपालिकाले पहिला आफुलाई सर्वसम्मत नेतृत्व आवस्यक रहेको बताउदै सर्वसम्मत निर्वाचितबाट आउनु भएका प्रतिनिधिहरुलाई प्रदेश सभा सदस्य दिपक निरौलाले
    हार्दिक बधाई तथा शुभकामना दिनुभयो ।सर्वसम्मत निर्वाचित विभिन्नमा ठाँउबाट निर्वाचित भएर आउनुहुने नेतृत्वकर्ताहरु जस्ले आउने निर्वाचनलाई सर्वसम्मत भुमिकालाई मध्यनजर गर्दै आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका खेल्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।।

     

    बागमती प्रदेश कमिटी सदस्य तथा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले शुभकामना मन्तव्य राख्दै गएको स्थानीय निर्वाचनमा ३९ सिट जित हासिल गर्न सफल भएको बताउदै अब आउने चैत ५ गते हुने निर्वाचन केन्द्रित हुने बताउनुभयो। टाेखा नगरपालिका , प्रदेश सरकार र केन्द्रिय जुन माननीय महासचिव हुनुहुन्छ उहाँले गरेको योगदानका कारणले अब टाेखा नगरपालिकाले १ देखि ११ वडा मा अत्यधिक मतले बिजय हासिल गर्ने नगर प्रमुख प्रकाश अधिकारीले उद्घोष गर्नुभयो। आगामी दिनमा टाेखा नगरपालिकामा जन जनमा नेकपा एमालेको जुन धारणा संचार संप्रेशन हुनेछ र पुनः नेकपा एमालेलाई जनताले आगामी हरेक चुनौतीमा साथ र समर्थन गर्ने बताउदै यहि बिश्वास साथ यो नगर अधिवेशन जरुरी रहेको बताउनुभयो । साथै सर्वसम्मत निर्वाचनबाट निर्वाचित सम्पुर्ण नेतृत्व प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नगर प्रमुख प्रकाश अधिकारीले सर्वसम्मत नेतृत्वकर्ता लगायत सहभागीहरुलाई राजनैतिक यात्रामा सफलताको शुभकामना दिनुभयो ।

    टोखा नगर कमिटीको प्रथम अधिवेशनको विशेष सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी महासचिव ,पुर्व प्रधानमन्त्री ईश्वर पोखेरलले टाेखा नगर भरि ११ वटै वडा मा पार्टीको कामलाई अगाडि बढाउने सिलसिलामा प्रतिकुलता संग जुधेर पार्टी स्थापित गर्ने काममा प्रशंसायोग्य काम भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो । आउने दिनमा नेकपा एमालेलाई प्रभावकारी ढंगले स्थापित गर्नको लागि योजनावद्व ढंगले अगाडि बढ्नु पर्नेमा जोड दिदै सर्वसम्मत निर्वाचित नेतृत्व टिमलाई
    सफलताको शुभकामना दिनुभयो ।

     

    नगर अधिवेशनको टाेखा कार्यपालिका सदस्य कल्पना घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो । टाेखा नगरपालिका १ का वडा अध्यक्ष तथा काठमाडौं जिल्ला कमिटी सदस्य श्रीकृष्ण अधिकारीले कार्यक्रमको धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको  समापन अध्यक्ष सत्यनारायण डंगोलबाट  गर्नुभएको थियो ।

    नेकपा एमाले टोखा नगर कमिटीको प्रथम अधिवेशनमा काठमाडौं जिल्ला कमिटी सचिव सदस्य तथा बागमती प्रदेश सभा सदस्य दिपक निरौला, बागमती प्रदेश कमिटी सदस्य केशव स्थापित,बागमती प्रदेश कमिटी सदस्य तथा टाेखा नगर प्रमुख प्रकाश अधिकारी,टाेखा नगर उप -प्रमुख ज्ञानमाया डंगोल ,बागमती प्रदेश कमिटी सदस्य बाबुलाल डंगोल,बागमती प्रदेश कमिटी सदस्य नारायणभाइ श्रेष्ठ ,उपत्यका विशेष प्रदेश दिपेन्द्र श्रेष्ठ ,प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे , काठमाडौं जिल्ला कमिटी सदस्य राधेश्याम श्रेष्ठ , मधुसूदन पाण्डे , मनिराज डंगोल ,श्रीकृष्ण अधिकारी ,शान्ता राई,भगवती गौतम ,पञ्चलाल डंगोल , मन्जु शर्मा ,देविमाया आचार्य , प्रेम सिलवाल,चिरञ्जीवी केसी ,जमुना गिरि,राष्ट्रिय युवा संघ नेपाल ,टाेखा नगर कमिटीका अध्यक्ष अमर डंगोल , अखिल नेपाल महिला संघ,टाेखा नगरकमिटीका अध्यक्ष भुमा गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै