• Sanu Raj Dangol

    • १० कार्तिक २०७८, बुधबार ०४:१३

    नेपाल संवत ११४२ न्हुदँ समारोह तयारीका लागि क्लब संघसंस्थासंग बैठक सम्पन्न

    सानुराज डंगोल/नविना श्रेष्ठ

    टाेखालाइभ डट कम/२०७८ कार्तिक १०,२०७८

    नेपाल सम्बत ११४२ न्हुदँया भिन्तुनाको लागि टाेखामा विभिन्न क्लब संघसंस्थाहरुको उपस्थितिमा न्हुदँ समारोह तयारी बृहत छलफल सम्पन्न भएको छ।नेवाः गुथि टाेखाको आयोजनामा टाेखा नगरपालिका वडा २ स्थित गःहिटीसंगैको नेवाः गुथि टाेखाको कार्यालयमा सम्पन्न भएको न्हुदँ समारोह तयारीका लागि महत्त्वपूर्ण बृहत  छलफल सम्पन्न भएको छ।

    नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापितको अध्यक्ष्यतामा सम्पन्न भएको न्हुदँ समारोह तयारी विशेष छलफलमा अतिथिहरुलाई स्वागत गर्दै नेवाः गुथि टाेखा महासचिव हेराकाजी महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो।

    नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत ११४२ मनाउन कार्तिक १९ गतेका लागि टाेखामा विभिन्न क्लब संघसंस्था संग तयारी छलफलमा बिगतका प्रतिनिधिहरुलाई निरन्तरता दिँदै यस पटक पनि समारोह भब्य गरि मनाउन सो बृहत छलफल आयोजना गरिएको हो ।नेपाल संवतको नव वर्षलाई उत्सव मात्र नभएर सांस्कृतिक जागरण अभियानको रुपमा नेवार समुदायले मनाउँदै आएका छन ।

     

    कार्यक्रमका अध्यक्ष रमेश नापितले ऐतिहासिक संस्कृति संरक्षित क्षेत्रमा टाेखामा रहेका विभिन्न ३०/३५ खल:पुच: पत्राचार गरिसकेको जानकारी दिदै प्रत्येक वर्ष नेपाल सम्बत न्हुदँया भिन्तुनामा बाजागाजा सहित सांस्कृतिक र्याली सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाउदै आइरहेकोमा गत वर्ष काेभिड-१९ का कारण स्थगित गर्नुपरेको बताउनुभयो ।

    अध्यक्ष रमेश नापितले न्हुदँया भिन्तुना नेवा: हरुको नेवा: एकता कायमै रहेको सन्देश प्रवाह गर्न कुनै पनि राजनीतिक स्वार्थ नहेरी टाेखाको कला संस्कृति ,भाषा ,भेषभुषा ,संस्कृति परम्परालाई जगेर्ना गर्न,उत्थान गर्न र एकताबद्व भएर हातेमालो गर्दै अघि बढ्न सबै खल:पुचहरुलाई आव्हान गर्नुभयो।

    नेपाल सम्बत ११४२ न्हुदँया भिन्तुना कछलाथ्व पारुका दिन
    टाेखा सरस्वती चौरमा हुने कार्यक्रममा सांस्कृतिक र्यालीमा सांस्कृतिक गुरुहरुलाई सम्मान गर्ने,ऐतिहासिक संस्कृति संरक्षित क्षेत्रमा टाेखा परिक्रमा गर्ने, त्यही दिन टाेखा थने लाछीमा हुने सांस्कृतिक कार्यक्रममा नयाँ मौलिक बाजागाजा प्रशिक्षण गरेकाहरुलाई सम्मान गर्ने,महिला धिमे खल:,भजन खल:,दापा खल:हरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिइयो।

    बैठकमा नेवाः गुथि तोखाका पुर्वअध्यक्ष देवराज डंगोल,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, सल्लाहकार अष्ट नारायण डंगोल, हरिदास श्रेष्ठ,मुला नायो हेमराज श्रेष्ठ, टाेखा कला पुच:का अध्यक्ष हरि बहादुर श्रेष्ठ ,उपाध्यक्ष शंख नारायण श्रेष्ठ ,जनचेतना पुस्तकालयका अध्यक्ष दिपेन्द्र डंगोल, बाल विकास क्लबका अध्यक्ष विश्वास डंगोल लगायतले आआफ्ना सुझाव राख्नुभएको थियो ।भने कार्यक्रममा भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशी , चण्डेश्वरी युवा क्लबका अध्यक्ष श्री कृष्ण श्रेष्ठ , बालप्रेमी खेलकुद मण्डलका प्रतिनिधि समीर डंगोल लगायत विभिन्न खल: पुच: का प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

    ‘देशका जनताका ऋणमोचन पछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवतको आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । यद्यपि सरकारी कामकाजमा नेपाल संवतलाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवतका सम्बन्धमा आवश्यक नीति बनाउन, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यका लागि भने अझै कार्यन्वयन भएको छैन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै