• Sanu Raj Dangol

    • ८ कार्तिक २०७८, सोमबार ०८:०२

    नेकपा एमाले टाेखा नगर कमिटीको प्रथम नगर अधिवेशन हुँदै

    टाेखालाइभ डट कम/कार्तिक ८,२०७८

    टाेखा नगरपालिकाका ११ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेले टाेखा नगर अधिवेसनको तयारीमा जुटेको छ।नेकपा एमाले टाेखा नगर प्रथम अधिवेशन भोलि कार्तिक ९ गते भव्यताका साथ सम्पन्न हुँदै छ।

    टाेखा नगर अधिवेसन टाेखा नगरपालिका वडा नं ३ मा रहेको सद्भाव बैक्वेटमा भोलि कार्तिक ९ गते बिहान ८ बजे देखि सुरु हुने टाेखा नगर कमिटीको अधिवेसनको तयारी पूरा भएको बताएको छ।

    नेपाल कम्युनिस्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत कार्तिक ६ गते मुलुकभर वडास्तरका अधिवेशन सफलतापुर्वक  सम्पन्न गरेको छ।नेकपा एमालेको देश भरएक्कै पटक भएको वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी एमालेले कार्तिक ६ गते देश भर एकै पटक सम्पन्न गरेको वडा अधिवेसनहरुले नेकपा एमालेका नेता,कार्यकर्ता,समर्थक,शुभचिन्तहरुमा व्यापक उत्साह उमंग देखिएको भन्दै टाेखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलले कार्तिक ९ गते सर्वसम्मत घोषणा नगर कमिटी घोषणा गर्दै निर्वाचन तयारीको अभियान शुरु गर्ने बताएका छन।

    जनताको बहुदलीय जनवादलाई शिरोधार्य गरेको नेकपा एमालेले राज्य सङ्घियतामा प्रवेश गरेपछिको टाेखामा पहिलो नगर अधिबेशन हो । स्थानीय निर्वाचनपश्चात नेकपा माओवादी र नेकपा एमाले एकता भएपछि दुइवटै पार्टिलाइ समेटेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टीको नगर कार्य समितिको कार्यकाल पूरा नहुदै नेकपा एमालेमा देखिएको विवाद संगै चोइटिएर बनेको नेकपा माओवादी , नेकपा एसमा सनाखत गरेका केहि जनप्रतिनिधिहरु नेकपा एमालेमा फर्किसकेको र केहि सघन सम्पर्कमा रहेको जानकारी दिदै डंगोलले अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि कार्तिक ९ गते हुने अधिवेसनको उद्घाटनमा सहभागी हुनका लागि आग्रह गरेका छन।

    नगर अधिवेसनलाई व्यवस्थित र भव्य बनाउनका लागि प्रतिवेदन लेखन,कार्यक्रम व्यवस्थापन,प्रचार प्रसार र स्वयंसेवक उप समिति घोषणा गरेको बैठकले प्रतिनिधि छनौट सहित विभिन्न विषयमा निर्णय गरेको नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलले जानकारी दिएका छन।

    नेपाल कम्युनिस्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत कार्तिक ९ गते मुलुकभर नगर कमिटि स्तरीय अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देश भरएक्कै पटक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    टाेखा नगर अधिवेसनको विशेष सम्बोधन नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले टाेखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलले टाेखा लाइभलाई बताउनुभयो।

    टाेखा नगरपालिकामा ब्यापक संगठित सदस्य रहेको नेकपा एमाले टाेखा नगरको अधिवेसन सद्भाव बैक्वेटमा भोलि कार्तिक ९ गते बिहान ८ बजे देखि सुरु हुने जानकारी दिदै टाेखानगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलले व्यापक सहभगिताका लागि टाेखा नगरवासीमा अनुरोध समेत गरेका छन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै